असहाय युवालाई निर्मम कुटपीट गर्ने प्रहरीलाई कारबाही

Kutpit

काठमाडौं । एक प्रहरीले असहाय युवालाई कुटपीट गरेको घटनाबारे नेपाल प्रहरीले छानविन गरी कारबाही गर्ने भएको छ ।

सोमबार बिहान गोंगवुस्थित बिजीमल शिव मन्दीर नजिक एक युवालाई निर्धात कुटपीट भएको थियो । सडक जीवन बिताउने ती युवालाई स्थानीय पसलेले पनि कुटपीट गरेका थिए ।

पसल क्षेत्रमा बसेको भन्दै ती पसलेले ती युवामाथि पानी खन्याउने कुट्ने गर्दै आएका थिए । तर मानसिक अस्वस्थताको आसंका गरिएका ती युवकले पसलेलाई अपशब्द प्रयोग गर्ने, फोहोर गर्ने गरेको भनाई पसलेहरुको छ ।

ती युवाको आवश्यक व्यवस्थापन गर्न स्थानीय प्रहरी प्रभागका प्रहरीले पसलेसमेतको सहयोगमा लाठी र बुट प्रहार गर्दै निर्मम कुटपीट गरेका थिए । घटनाको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

प्रहरी प्रधान कार्यालयले उक्त भिडियो आफ्नो संज्ञानमा आएको भन्दै उक्त भिडियोको छानविन गरी संलग्न प्रहरी कर्मचारी माथि कानुनी कारबाही सुरु गरिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...