चित्तल मार्ने दुई शिकारी पक्राउ

Chittal phsqfz1j8m

कपिलवस्तु । चित्तल शिकार गरेको आरोपमा २ जना पक्राउ परेको छ ।

संरक्षणको सूचीमा रहेको जंगली जनावर चित्तल शिकार गरेको आरोपमा जिल्ला वन कार्यालय कपिलवस्तुले बुद्धभूमि नगरपालिका गोरुसिंगेका २७ वर्षीय केशबहादुर थापा र ३६ वर्षीय शिव श्रेष्ठलाई पक्रा गरेको छ ।

उनीहरुलाई राष्ट्रिय निकुन्ज वन्यजन्तु संरक्षण ऐन अनुसार थप अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइएको सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठले बताए ।

चित्तलको शिकार गरेपछि बोरामा चित्तलको मासु प्याकिङ गरेर लैजादै गर्दा तिलौराकोट साझेदारी वनका कर्मचारीहरुले उनीहरुलाई मृत चित्तलसहित पक्राउ गरेको वन कार्यालयले जनाएको छ ।

पक्राउ परेकाहरु अहिले जिल्ला वन कार्यालयमा थप अनुसन्धानका लागि थुनामा रहेका छन् ।

प्रतिकृया दिनुहोस