प्रहरी र चालकबीच झडप, दुई प्रहरीसहित तीन घाइते

Pradarsa

अछाम । साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा दुई प्रहरीसहित तिन जना घाइते भएका छन्।

साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कँुवर घाइते भएका छन् । घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएकोे प्रहरीले जनाएको छ ।

उनको दायाँ आँखामा चोट लागेको थियो । प्रहरीले हस्तक्षेप गर्दै गोली चलाएको आरोप चालकहरूको थियो ।

मङ्लसेनबाट आएका गाडी साँफे पक्की पुल नजिकै रोकिएपछि गाडी चालक प्रहरीमाथि जाइलागेकाले मङ्गलसेनबाट आफ्नो नेतृत्वमा आएका थप प्रहरी टोलीले हुल नियन्त्रण गर्न पाँच सेल अश्रुग्याँस चलाएको प्रहरी निरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

प्रहरीले गोली चलाएको भन्दै आक्रोशित सवारी चालकले साँफेबगर नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्नाका साथै नगरपालिकाको सवारी साधनमा तोडफोड र बजार बन्द गराएका थिए ।

प्रहरी निरीक्षक रावतले नगरपालिकाको भवनभन्दा माथिबाट ढुङ्गा र सिसा प्रहार गरेकाले हुललाई शान्त पार्न हवाइफायर गरिएको बताए । ढुङ्गा प्रहारबाट प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवानसमेत घाइते भएका उनले जानकारी दिए ।

सरकारले सवारी साधन दुर्घटनामा कुनै व्यक्तिको मृत्यु भएमा चालकले १२ वर्ष जेललगायतका सजाय भोग्नुपर्ने गरी कानून ल्याइएको भन्दै चालकले तीन दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

चालकले आह्वान गरेको बन्दका कारण बाजुरा, अछामलगायत बाहिरबाट आउने यात्रु बीच बाटोमै अलपत्र परेका छन् भने शिक्षक सेवाको परीक्षा दिन जिल्ला बाहिर जाने परीक्षार्थी पनि समस्यामा परेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...