सकियो राप्रपाको बैठक, विचार मिल्नेसँग एकता गर्ने जिम्मा अध्यक्ष थापालाई

Sakiyo rpp baithak

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै स्थानीय तहमा हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा मंगलबार र बुधबार काठमाडौंमा बसेको केन्द्रीय कार्य समितिको बैठकले पाँच प्रदेशमा पनि जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । राप्रपाले प्रदेश नं. १ र गण्डकी प्रदेशमा भने यो अभियान सम्पन्न गरिसकेको छ ।

सञ्चालन गरिरहेको हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण अभियानलाई प्रदेश नं. १ र गण्डकी प्रदेश बाहेक बाँकीप्रदेश र देशभरका ७५३ वटै स्थानीय तहहरुमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।

देशले संविधान दिवस मनाइरहेको अवस्थामा धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता जस्ता मान्यताबारे पुनर्विचार गर्नसमेत राप्रपाले आग्रह गरेको छ ।

एकता महाधिवेशनबाट पारित बैचारिक मान्यतामा आधिरत रहेर समान बिचारधारा रहेका दलहरुसँग सहकार्य र एकता गर्न पार्टी अध्यक्ष कमल थापालाई जिम्मेवारी सो बैठकले दिएको छ ।

सो बैठकले समान विचारधारा भएका र विगतमा सँगै काम गरेका व्यक्ति, समुह र दलहरुलाई एकतामा आउन राप्रपा आब्हान गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘पार्टी किन फुट्यो, कसले फुटायो वा दोषी को भन्ने विवाद र आग्रह पूर्वाग्रह भन्दामाथि उठेर देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता महसुस गरेर भविष्यमा कहिल्यै पार्टी नफुटाउने संकल्पका साथ पार्टी एकतामा आउन राप्रपा आब्हान गर्दछ’ सो विज्ञप्तीमा भनिएको छ ।

यस्तो छ विज्ञप्तीको पूर्णपाठ
१. पार्टीका अध्यक्ष कमल थापाद्धारा प्रस्तुत समसामयिक राजनीति र भावी कार्यदिशा सम्बन्धि राजनीतिक कार्यपत्र, महामन्त्री भास्कर भद्राद्धारा प्रस्तुत सचिवालय सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष उद्धव पौडेलद्धारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई सामान्य परिमार्जनसहित पारित गरेको छ ।

२. नेपालको संबिधान २०७२ जारी भएको तीन बर्ष पूरा भएको छ । धर्मनिरपेक्षता र गणतन्त्र लागु भएको ११ वर्ष भयो । संघीय संरचनासमेत कार्यान्वनमा आइसकेको छ । नयाँ संविधान बमोजिम प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव सम्पन्न भई सरकार गठन भएको पनि ६ महिना पुरा हुँदैछ । संविधान निर्माण र सबै तहको निर्वाचन समाप्त भएपछि देशमा राजनीतिक स्थिरिता कायम हुन्छ र मुलुकको समग्र ध्यान सुशासन र आर्थिक विकासतर्फ केन्द्रित हुनेछ भन्ने आम नेपाली जनताको अपेक्षा र विश्वास रहेको थियो ।

तर, सर्वसाधारण जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । मुलुकको अवस्था विगतको तुलनामा जटिल र संकटग्रस्त बन्दैछ । देशभित्र पर्याप्त रोजगारीको अभावका कारण करिव ४० लाख सिर्जनशील र उत्पादनशील युवा जनशक्ति बिदेश पलायन हुन बाध्य भएका छन् । गरीब र धनीबीचको खाडल पहिले भन्दा बढेर गएको छ । देशको कुल आय र सम्पतिको ठूलो हिस्सा अत्यन्त सानो र सीमित समुहमा केन्द्रित रहेको छ । राज्य संयन्त्रको प्रभावकारितामा तिव्र ह्रास आएको छ ।

संगठित र योजनाबद्ध धर्मपरिवर्तनले नेपालको राष्ट्रि«य पहिचान संकटमा पार्दैछ । धार्मिक मान्यतामा आएको ह्रासले नेपाली समाजमा व्यभिचार, भ्रष्टाचार र अनैतिक कार्यले प्रोत्साहन पाएको छ । देश अभिभावकविहीन जस्तो भएको छ । बिदेशीको चलखेल र प्रभाव व्यापक भएको छ । बिखण्डनकारी तत्वको जन्म भएको छ । साम्प्रदायीक भावना बढेर राष्ट्रिय एकतालाई चुनौति दिइरहेको छ । लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम भएको छ ।

उपरोक्त पृष्ठभूमीमा बिगतको अनुभव र वर्तमान यथार्थको धरातलमा उभिएर राष्ट्रिय हित र स्वार्थलाई दृष्टिगत गर्दै गलत नीति, मार्गचित्र त्रुटिहरु सच्याउनेतर्फ गम्भीरतापूर्वक सोच्न सम्बद्ध सबै पक्षमा राप्रपा आह्वान गर्दछ । आज देशले संबिधान दिवस मनाईरहेको अवस्थामा धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता जस्ता मान्यताबारे पुनर्विचार गर्नसमेत राप्रपा आग्रह गर्दछ ।

नेपालको संविधानमा कुनै पनि बिषय अपरिवर्तनीय नरहेको, पूर्ण बिचार स्वतन्त्रता सुनिश्चित रहेको, फरक बिचार बोकेको कारण पार्टी प्रतिबन्धन हुने व्यवस्था रहेको, प्रत्येक पाँच वर्षमा आवधिक निर्वाचन हुने व्यवस्था कायम रहेको तथा जनताको अभिमतबाट संविधान संशोधनको सरल र लचकतापूर्ण प्रावधान रहेको हुँदा राप्रपाले वर्तमान संविधानलाई आलोचनात्मक समर्थन गरेको तथ्य सर्वविदित छ । संविधानलाई उपयोग गर्दै संविधान र संबैधानिक व्यवस्थासँग सहकार्य गर्दै जनताको विश्वास जितेर धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र र सशक्त स्थानीय स्वायत्तशासन प्रणालीको मान्यता स्थापित गर्ने रणनीति राप्रपाले अबलम्बन गर्दै आएको छ । यो नीति भविष्यमा पनि कायम रहने यो बैठक पुनर्पुष्ठि गर्दछ ।

३. एकता महाधिवेशनबाट पारित बैचारिक मान्यतामा आधिरत रहेर समान विचारधारा रहेका दलहरुसँग सहकार्य र एकता गर्ने सम्बन्धमा केन्द्रिय कार्य समितिको यो बैठक अध्यक्षलाई पूर्ण अधिकार दिने निर्णय गर्दछ । समान विचारधारा भएका र विगतमा सँगै काम गरेका व्यक्ति, समुह र दलहरुलाई एकतामा आउन राप्रपा आब्हान गर्दछ । पार्टी किन फुट्यो, कसले फुटायो वा दोषी को भन्ने विवाद र आग्रह पूर्वाग्रह भन्दामाथि उठेर देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता महसुस गरेर भविष्यमा कहिल्यै पार्टी नफुटाउने संकल्पका साथ पार्टी एकतामा आउन राप्रपा आब्हान गर्दछ ।

४. मुलुकमा केही समययता कहालिलाग्दो ढंगबाट बढिरहेको हत्या, हिंसा, बलात्कार र नागरिक असुरक्षाप्रति राप्रपा चिन्ता व्यक्त गर्दछ । कञ्चनपुरमा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका दोषीलाई घटना भएको दुई महिना पुग्न लाग्दासम्म पनि पत्ता लगाउन र कारबाही प्रक्रिया अघि बढाउन सरकार असफल भइरहेको छ । नक्कली अपराधी खडा गर्ने, घटनाको प्रमाण नष्ट गर्ने र घटनालाई ढाकछोप र लुकाउने कार्यमा राज्यसंंयन्त्रको प्रयोग हुनु दुर्भाग्यपूर्ण छ ।

राप्रपा बैठक कञ्चनपुर घटना र महिला हिंसाका सवै घटनाको सत्य तथ्य छानविन गरी पीडित परिवारलाई अविलम्ब न्याय दिन र जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछ ।

५.आमजनताको बीचमा प्रयाप्त बहस र छलफल नै नगरी तथा नेपाली जनताको प्रत्यक्ष अभिमत विना कायम गरिएको संघीय संरचनाको दुष्प्रभाव र विकृति देखिन थालेको छ । एकातिर संघीयता कार्यान्वयनको लागि अरबौं विदेशी ऋण लिनुपर्ने बाध्यता, अर्कोतर्फ सर्वसाधारण जनतामाथि जवरजस्ती थोपारिएको करको बोझले गर्दा नेपाली जनजीवन आक्रान्त र अस्तव्यस्त बन्न पुगेको छ । स्थानीय तह, प्रदेश र संघीय सरकारबाट लगाइएका अस्वाभाविक दोहोरो तेहोरो करको परिणाम स्वरुप न्यून एवं निश्चित आय भएका सर्वसाधारण जनतालाई जीवन धान्न कठिन भएको छ । साथै उद्योग, बाणिज्य एवं अन्य व्यवसाय र पेशागत क्षेत्रहरुमा समेत नकारात्मक प्रभाव परेको छ । त्यसर्थ, जनतालाई कष्ट दिने अव्यवहारिक र अवैज्ञानिक कर तत्काल खारेज गर्न राप्रपा सरकारसँग माग गर्दछ ।

६. नेपाली नागरिकता भएका तर विदेशमा बस्ने नेपालीलाई आवधिक निर्वाचनमा मताधिकार दिन सर्वोच्च अदालतले सरकारलाई आवश्यक प्रवन्ध गर्न निर्देशन दिएकोमा राप्रपा स्वागत गर्दछ । राप्रपाले २०७० को निर्वाचन घोषणापत्रमा मताधिकारको व्यवस्था गर्ने बिषयलाई प्राथमिकताका साथ समावेश गरेको र सम्मानित सर्वोच्च अदालतले सोही मर्मअनुसारको आदेश दिएकोमा राप्रपा सन्तोष व्यक्त गर्दछ । तर मताधिकार जस्तो गम्भीर र संवेदनशील बिषयमा यससम्बन्धि कानुन निर्माण गर्दा सर्वपक्षीय सहमतिका आधारमा गरिनुपर्दछ ।

७. राप्रपाले सञ्चालन गरिरहेको हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण अभियानलाई प्रदेश नं. १ र गण्डकी प्रदेश बाहेक बाँकी प्रदेश र देशभरका ७५३ वटै स्थानीय तहहरुमा सञ्चालन गर्ने निर्णय गरिएको छ । साथै पार्टीको संगठन बिभागले आगामी मंसीरभित्र थप पचास हजार नयाँ सक्रिय सदस्यता वितरण गर्ने लक्ष्यलाई अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...