‘भाँडा माझ्न मन नलागे पतिलाई माझ्न लगाउनुस्’

Sunnyleone

काठमाडौं । सधैं चर्चामा आइरहने बलिउड नायिका सन्नी लियोनीले महिलाले आफ्नो हकका लागि आफैं अग्रसर हुनुपर्ने बताएकी छन् ।

मंगलबार म्याडम टुसादमा आफ्नो मैनमूर्तिको सार्वजनिकीकरण कार्यक्रममा बोल्दै सन्नीले महिलाले अब आफूलाई मन नपर्ने कुरा र गर्न मन नलागेका कुराबारे निर्धक्क भएर बोल्न सक्नुपर्ने बताएकी हुन् । ‘प्रत्येक महिलाले आफ्नो चाहनाअनुसार हिँड्न पाउनुपर्छ । यस्तै कुराले महिलालाई बलियो र आत्मविश्वासी पनि बनाउँछ,’ सन्नीले भनेकी छन् ।

सन्नीले यो पनि बताएकी छन् कि, यदि महिलालाई भाँडा माझ्न मन छैन भने निर्धक्क भएर पतिलाई लगाउँदा हुन्छ । ‘घरमा महिलाले आफूलाई लागेको कुरा ढुक्कसाथ भन्नुपर्छ । यदि उनीहरूलाई भाँडा माझ्न मन छैन भने त्यो काम पतिलाई गर्न लगाउनुपर्छ,’ उनले भनिन्, ‘नीति–नियममा परिवर्तन ल्याउन पहिला घरआँगनबाटै परिवर्तन थाल्नुपर्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...