नगर प्रमुख विष्टद्वारा स्थलगत निरीक्षण

Kanchanpur pramukh

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भुजेलामा रहेको तटबन्ध र नगर क्षेत्रका विभिन्न स्थानमा स्थलगत निरीक्षण गरेका छन् ।

भीमदत्त नगरपालिका वडा नं. ११ भुजेलामा तटबन्ध, वडा नं. ९ मा बाढीले धानबालीमा पुगाएको नोक्सान र ब्रह्मदेब बजार जोड्ने सडकको निरीक्षण गरेका छन् । स्थलगत निरीक्षणका क्रममा नगर प्रमुख विष्टले स्थानीयसित समस्याबारे जानकारी लिएर समाधानका लागि प्रतिवद्धता जनाए ।

महाकाली नदीमा आएको बाढीले भुजेलास्थित तटबन्ध भत्काएपछि स्थानीयले पुनः निर्माणको माग गर्दै आएका छन् । भुजेलामा बाढीले भत्काएको तटबन्ध पुनः निर्माणका लागि जनताको तटबन्ध कार्यालयसित पहल गरिने बताए ।

भीनपा–९ मटेनामा कामिकाटे र तिलाची खोलाको बाढीले अन्नबालीमा पुगाएको क्षतिको निरीक्षण गरे । बाढीले मटेनामा ५० परिवारको धानबाली नोक्सान पुगाएको छ । निरीक्षणका क्रममा नगर प्रमुख विष्टले बाढी नियन्त्रणका लागि नगरपालिका कार्यालयबाट सहयोग गरिने बताए ।

यसैगरी नगर प्रमुख विष्टले ब्रह्मदेब बजार जोड्ने सडकको निरीक्षण गरी नगरपालिकाबाट कालोपत्रे गरिने बताए । टनकपुर बाँध पूर्वको क्षेत्रमा भारतले एकलौटी रुपमा नेपाली भूमिमा सडक कालोपेत्र गर्न थालेपछि केही महिना अघि विवाद भएको थियो । त्यसपछि भारतले नेपाली भूमिमा सडक कालोपत्रे निर्माण कार्य रोक्का गरेको थियो ।

भीनपा–१ रौटेलाबाट चक्रपथ निर्माण सुरु गरिएको छ । जैविक मार्गलाई ब्रह्मदेबबाट गड्डाचौकी हुँदै झोलुङ्गे पुलसम्म विस्तार गरिने नगर प्रमुख विष्टले बताए ।

स्थलगत निरीक्षमा नगर प्रमुख विष् सहित वडा नं. १५ का अध्यक्ष भीमबहादुर शाहु, वडा नं. १८ का अध्यक्ष एवम् नगर प्रवक्ता राजेन्द्र पाण्डेय, वडा नं. ९ का अध्यक्ष राम नाथ लगायत जनप्रतिनिधि सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...