सोतीको प्रवेशले केमो थेरापी महंगो खर्च नलाग्ने

Dr. soti

काठमाडौं । अब केमो थेरापी गर्न महंगो खर्च नलाग्ने भएको छ । साथै महंगो खर्च गरेर विदेश जाने पनि कम हुने भएको छ ।

भक्तपुर क्यान्सर अस्पतालले अल इन्डिया इन्स्च्यिुट अफ मेडिकल साइन्स दिल्लीबाट बिएन हासिल चिकित्सक डा. कमल सोतीलाई भित्र्याएसँगै महंगो रकम खर्च गरेर विदेश जानुपर्ने बाध्यतालाई हटाएको छ ।

सरल र नम्र स्वभावका डा. सोतीलाई भित्र्याएसँगै अस्पतालमा विरामीले थप सेवा पाउने छन् । डा. सोतीलाई भित्र्याएपछि केमो थेरापी गर्न विदेश जानु नपर्ने नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष तथा भक्तपुर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष लोकेन्द्र (ईश्वर) श्रेष्ठले बताए ।

अस्पतालले क्यान्सरका विरामीलाई सहज रुपमा उपचार गराउन सहयोग पुगोस् भनेर योग्य र दक्ष चिकित्सक भित्र्याउँदै आएको छ । यसै क्रममा डा. सोतीलाई भित्र्याएको हो । नेपालमा दुई जना मात्रै अंकोलोजी छन्, त्यसमा सोती पनि पर्छन् ।

सो अस्पतालले दक्ष चिकित्सक उत्पादन गर्न पनि उत्तिकै ध्यान दिँदै आएको छ । अस्पतालले लण्डनस्थित रोयल मार्सडेल अस्पतालमा रेडियो अंकोलोजी अध्ययनका लागि भनेर डा. उज्जल चालिसेलाई पठाएको छ ।

त्यसैगरी डा. नविनकाजी बज्राचार्यलाई तालिमका लागि केही दिनभित्रै पठाउँदै छ । चालिसे र बज्राचार्य फर्किएपछि भक्तपुर क्यान्सर अस्पतालले थप सेवा उपलब्ध गराउन सफल हुने अध्यक्ष श्रेष्ठ बताउँछन् ।

अस्पतालले क्यान्सर उपचारमा सर्जरी, किमोथेरापी वार्ड, डे केयर, ६ वटा आइसियु सेवा, सर्पोटिभ केयर, एमआइसियु, बाल ब्लड क्यान्सर वार्ड, हेमाटोलोजी वार्ड, विभिन्न रोगका ओपिडी सेवा, आधुनिक प्याथालोजी सेवा, क्यान्सर पत्ता लगाउने मेमोग्राम, सिटिसक्यान, अल्ट्रासाउण्ड, एक्स–रे, कोल्नोस्कोपी, इन्डोशकोपी, एनेसथेसिया, चार टेवल क्षमताको शल्यक्रिया विभाग, लगायतका रेडियोलोजी लगायतको सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस