आनीको आरोप, तपस्वी बम्जनबाट पटक–पटक बलात्कृत भएँ

Ram bdr bamjan

काठमाडौं । यतिबेला सबैको ध्यान दिनहुँ भइरहेन बलात्कारका घटनामा गएको छ । दिनहुँजसो बलात्कारका घटना भएका सार्वजनिक हुन्छन् । एउटा यस्तो घटना सार्वजनिक भएको छ, जुन पत्याउन गाह्रो पर्छ ।

पत्याउनै नसकिने घटना हो आनी बलात्कृत भएको । उनी तपस्वी रामबहादुर बम्जनबाट पटकपटक बलात्कृत घटना सार्वजनिक भएको छ । बम्जनलाई ‘लिटिल बुद्ध’को उपमा पनि दिइएको थियो ।

१८ वर्षीया आनीले आफूलाई धर्मगुरु बम्जनले पटक–पटक बलात्कार गरेको दावी गरेकी छन् । उनले शनिबार आयोजित पत्रकार सम्मेलनमा आफु पटकपटक बम्जनबाट बलात्कृत भएकाले न्याय खोज्न थालेको बताइन् । बम्जन बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका थिए ।

‘म माथि पटक–पटक गुरुबाट बलात्कृत भएँ’ आनीले भनिन्, ‘बलात्कार भएपछि आफूले कुरा उठाउँदा गुरुले चोरको आरोप लगाउनु भयो ।’ यो विषयमा आफुले प्रहरीमा उजुरी दिन खोज्दा आफुलाई धम्की आएको उनले बताइन् ।

‘गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्काउनु भयो’ उनले भनिन्, ‘त्यस्तो धम्की आएपछि मैले चाहेर पनि उजुरी हाल्न सकिनँ ।’

उनले बलात्कारको पीडा लुकाउनु हुँदैन भनेर महिला अधिकारकर्मीमार्फत न्याय खोज्न काठमाडौं आएको बताइन् । धम्की आएपछि आफुले २ वर्षअघि भएको बलात्कारको घटना बल्ल सार्वजनिक गरेको बताइन् ।

उनले आफूले त्यतिबेला न्याय नपाउने अवस्था आएपछि आत्महत्याको प्रयाससमेत गरेको बताइन् । तर, पछि अरुले नै आत्महत्याबाट बचाएको दावी गरिन् ।

उनले आफु २०७१ साउनदेखि २०७५ असार २२ सम्म आश्रममा बस्दा बम्जनबाट बलात्कृत भएको बताइन् । बम्जन सर्लाहीमा रहेका बेला राती ९ बजे बलात्कार गरेको आनीको आरोप छ । 

बम्जनले यसअघि हलखोरिया वनमै तपस्या गर्ने क्रममा आफ्नै आमा र परिवारलाई कुटेको, विदेशबाट आएको महिलालाई बन्धक बनाएको समाचार पनि बाहिर आएका थिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा उनले प्रधानमन्त्री नै भेटेर बाराको हलखोरिया वन आफ्ना लागि लिन सफल भएका थिए । स्थानीय र वन कार्यालयको विरोधका कारण बारा जान सकेका छैनन् । पछिल्लो समय उनी सिन्धुपाल्चोकमा बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...