नेपालमा अष्ट्रेलियाले हरित उद्यमशीलता ल्याउने !

Shakti basnet austrilian ambassder q4o5vysomg

काठमाडौं । नेपालमा अष्ट्रेलियाले हरित उद्यमशीलतामार्फत जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न चासो देखाएको छ ।

अष्ट्रेलियाले वनमा आधारित हरित उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने चाहना राखेको हो ।

नेपालका लागि शुक्रबार सिंहदरबारमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग अष्ट्रेलियाली राजदूत पिटर बडले भेटेर यस्तो प्रस्ताव राखेका हुन् । 

पहिलो चरणमा प्रदेश तीन र कर्णाली प्रदेशमा सञ्चालन हुने कार्यक्रममा अष्ट्रेलियाले सहयोग गर्नेछ ।

त्यसक्रममा राजदूत बडले नेपालमा भर्खरै मात्र संघीयता कार्यान्यवयनमा आएको भन्दै संघीयताको संवेदनशीलता बुझेर संघ, प्रदेश तथा स्थानीय तहका सरकारसँगको समन्वयमा सहयोग गरिने बताए ।

जवाफमा मन्त्री बस्नेतले स्थानीय तह, प्रदेश र संघीय सरकारका बीचमा बाहिर चर्चा गरिएजस्तो चिसो सम्बन्ध नरहेको स्पष्ट गर्दै समन्वयमै काम भइरहेको बताए ।

मन्त्री बस्नेतले सरकार वन क्षेत्रबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा प्रत्यक्ष योदगान पुग्ने गरी काम गर्ने दिशामा अघि बढेको पनि उल्लेख गरे ।

उनले वैज्ञानिक वन व्यवस्थापनमार्फत् वन क्षेत्रको दिगो उपयोग गर्ने पक्षमा सरकार रहेको धारणा राखे ।

‘वनमार्फत् मुलुकको आर्थिक विकासमा योगदान लिन हामी वैज्ञानिक वन व्यवस्थापन र रुख रोप्ने काम सँगसँगै अगाडि बढाउन चाहन्छौं’, मन्त्री बस्नेतले भने, ‘त्यसका लागि छुट्टै फण्डको समेत व्यवस्था गर्दैछौं ।’

उनले सरकार, निजी क्षेत्र र समुदाय मिलेर विकासका काममा हातेमालो गर्ने वर्तमान सरकारको नीति रहेको बताए ।

राजदूत बडले विगतमा नेपालमा ९र९ महिनामा सरकार परिवर्त हुने गरेका कारण विकासको गति सुस्त भएको धारणा राख्दै दुईतिहाइ बहुमतको सरकार बनेकाले अब त्यस्तो परिस्थितिको अन्त्य हुने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...