ठेकेदारलाई लुट्ने गिरोह डेढ वर्षपछि पक्राउ

Pakrau

काठमाडौं । ठेकेदारलाई डेढ वर्षअघि चक्रपथस्थित इन्द्रणी फास्टफुड अगाडिबाट अपहरण गर्ने गिरोहका नाइके पक्रउ परेको छ ।

सिन्धुली घर भइ हाल रातोपुल बस्दै आएका ३६ वर्षीय पुष्पराज श्रेष्ठ पका्रउ परको छ ।

उनको मुख्य योजनामा भोजुरका नविनकुमार राई, दाङका कोमानन्द खड्का, सरु केसी भनिने आषिका परियार, रामेछापका कुविन थापा भनिने कोलबहादुर थापा मगर र नुवाकोटका सुक्रराज तामाङ लगायतको मिलेमतोमा अपहरण गरिएको खुलेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रहरी टोलीले उनीहरुलाई पनि विभिन्न स्थानबाट पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार उनीहरुले ठेकेदार रमेशकुमार कुँवरलाई अपहरण गरी गणेशबस्तीस्थित शुक्रराज तामाङको डेरामा लगेर बन्ध बनाएका थिए ।

‘त्यहाँ हतियार देखाउँदै हतकडी लगाइदिए उनीहरुले नगद ५० हजार, सुन र हिरा जडित औंठी, मोबाइल, कुलबहादुर थापाको नाममा ११ लाख रुपैयाँ चेक लिएका थिए’, उप्रेतीले थपे ।

ठेकेदार धम्क्याउँदा समातिए

श्रेष्ठले ओखलढुंगाको सिद्धिचरण–४, घर भइ काठमाडौं–४, धुम्बाराही बस्ने रामबहादुर कटुवाललाई घर बनाउने ठेक्का दिएका थिए । तर, घरको सम्पूर्ण निर्माण प्रक्रिया पूरा भइरसकेपछि बाँकी रहेको रकम माग्दा उनले दिएनन् ।

बरु उल्टै गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिन थाले । अन्ततः कटुवालले महाशाखामा सार्वज्निक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर बमोजित कारबाहीको माग गर्दै जाहेरी दिए ।

उनको जोहेरीबाट २६ भदौमा उनी पक्राउ परेका हुन् । जुन घटनाको पनि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...