एकैदिन बलात्कारका दुई घटना सार्वजनिक, दुवै घटनाका आरोपीलाई पक्राउ

7month balatkar

भक्तपुर । एकैदिन दुई बालिका बलात्कारको प्रयास छुट्टा–छुट्टै स्थानमा भएको र दुवै घटनाका आरोपीलाई पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

१६ वर्षीया बालिकालाई कोठामै गएर बलात्कार गरेको अभियोगमा प्रहरीले चाँगुनारायण नगरपालिका ३ बागेश्वरी घर भई हाल सूर्यविनायक –२, बालकोट रागिनीहाइट बस्ने १९ वर्षीय रञ्जित परियारलाई प्रहरीले पक्राऊ गरेको छ ।

पीडित बालिकाका परिवारले गएको २७ गते बलात्कार गरेको किटानी लजाहेरी दिएपछि महानगगरीय प्रहरी वृत्त ठिमीले परियारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखेरले जानकारी दिनुभयो ।

त्यसैगरी १० वर्षीया बालिकालाई जबरजस्ती यौन सम्पर्क गर्न खोजेको अभियोगमा सप्तरी बेलिपेचना गाउँपालिका –२, घर भई हाल चाँगुनारायण नगरपालिका –२, दुवाकोट तल्लो हाइट बस्ने ६३ वर्षीय सुरेशकुमार पोखेरललाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरेलले भदौ २७ गते आफ्नै स्टेसनरी पसलमा आएकी बालिकालाई पसलभित्र लगेर जबरजस्ती यौन सम्पर्क गर्न खोजेको भन्दै किटानी जाहेरी परेपछि पोखरेललाई पक्राउ गरी महानगगरीय प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान भईरहेको प्रनाउ पोखरेलले जानकारी दिनुभयो ।

दुवै पीडित बालिकाको २७ गते नै शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस