बालिकालाई बलात्कार गर्ने एक पक्राउ

Rape case

जाजरकोट । १५ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ परेको छ ।

बाटोमा हिँड्दै गरेकी बालिकालाई भेरी नगरपालिका–५ का गोपाल कामीले बलात्कार गरेको प्रहरीको आरोप छ ।

घर नजिकैको बाटोमा एक्लै भएको मौका छोपी कामीले बालिकालाई जबरजस्तीकरणी गरेको प्रहरीले जनाएको छ ।

उनले राति १० बजेको समयमा घरबाट निस्केर आफन्तको घर जाँदै गरेकी बालिकालाई बलात्कार गरेको प्रहरी निरीक्षक लोकबहादुर विष्टले बताए ।

बलात्कृत बालिकाको जाजरकोट अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ । बलात्कार आरोपी २६ वर्षीय कामीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । उनीविरुद्ध जबरजस्तीकरणीको मुद्दा दर्ता भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...