वीरगञ्जका मेयरले विजय सराबगीले किन दिए पार्टीबाट राजीनामा ?

Bijaya sarabagi

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले उनी आवद्ध दल संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् ।

महानगरको काममा पार्टीले अनावश्यक दबाव दिएको भन्दै उनले पार्टी छाड्ने निर्णय गरेका हुन् । मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् । अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ ।

कर्मचारी नियुक्ति, विकास निर्माणका काममा पार्टीको सहभागीता लगायतका विषयमा जिल्ला नेतृत्वले दबाब दिने गरेको तर, नेतृत्वको दबाब मेयरले नमानेको बताइएको छ । सोही विषयलाई लिएर केही दिन यता पार्टीभित्र सरावगीको विषयमा विवाद हुँदै आएको फोरम स्रोतले बतायो ।

तर, फोरमका नेताहरुले भने मेयर सराबगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताएका छन् ।

बुधबार बसेको वीरगञ्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दासरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको छ । नगर अध्यक्ष ईश्वर यादवले कार्यव्यस्तताको कारण नगर प्रमुखले ध्यानाकर्षण पत्र बुझ्न समय दिन नसकेको बताए ।

अनावश्यक कुरामा पार्टीले दबाव दिएको भन्दै मेयर सरावगीले दबावमा बसेर काम गर्न नसक्ने बताए । विगतमा मधेस आन्दोलनको केन्द्र बनेको वीरगञ्जको विकास गर्ने दायित्व आफ्नो काँधमा आएको भन्दै मेयर सरावगीले आफू त्यसमा लागिरहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...