परिवारसहित पूर्वराजा थाइल्याण्ड जाँदै, हिमानी थाइल्याण्ड पुगिन् व्यवस्थापन गर्न

Gyanendra shah

काठमाडौं । पछिल्ला केही दिनमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पाससले आफ्नो सक्रियता बढाएका छन् । यसै क्रममा पूर्व राजा ज्ञानेन्द्र शुक्रबार थाइल्याण्ड जाँदैछन् ।

पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, निजी सचिव सागर तिमल्सिनासहित थाइल्याण्ड जादैछन् । पूर्वराजासँगै साथी प्रभुशमशेर राणा, साला उदयशमशेर राणा र उनकी पत्नी रोशनी राणा पनि जानेछन् ।

थाइल्याण्ड भ्रमणको व्यवस्थापन गर्न बुहारी हिमानी बिहीबार बैंकक पुगेकी छन् ।

निजीसचिव स्मिता सिह, पूर्वराजाका सहयोगी हस्तबहादुर मल्ल, भान्छे, सुसारे र नानीसहित हिमानी थाइल्याण्ड पुगेकी छन् । उनले आफ्ना ससुराको स्वागतको व्यवस्थापन गर्ने बताइएको छ ।

दुई साता थाइल्याण्ड बसेर पूर्वराजा श्रीलंका र भारत जानेछन् । यस क्रममा श्रीलंका र भारतमा उच्च राजनितिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...