कर्मचारी युनियनका भब्य महल, अर्बौका धन

Karmachari vawan

काठमाडौं । दलनिकट चार संगठनलाई सरकारले २०६८ सालमा भोगाधिकारसहित १/१ रोपनी जमिन उपलब्ध गराएको थियो । आधिकारिक ट्रेड युनियनको भने आफ्नो जग्गा र घर छैन । उसलाई सरकारले सिंहदरबारभित्रै एउटा कोठा दिएर राखेको छ ।

तर, कर्मचारीका ट्रेड युनियनहरू प्रशासन क्षेत्रमा शक्तिशाली मात्रै होइनन्, आर्थिक हिसाबले धनाढ्य समेत छन् । राजधानीको बबरमहलमा चार युनियनका साढे पाँच तलासम्मका भवन छन् ।

तत्कालीन एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको सिंहदरबार दक्षिण गेटनजिकै एक रोपनी जग्गामा फैलिएको झन्डै साढे दुई करोडको ४ तले भवन छ । संगठनको विभिन्न बैंकमा २२ लाख ब्यालेन्स छ ।

तत्कालीन माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको बबरमहल क्षेत्रमा नै झन्डै १ रोपनीमा बनेको १ करोड २५ लाखको ४ तले भवन छ । कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ) को बबरमहल वन परिसरमा झन्डै एक करोडको दुईतले भवन छ । युनियनले साढे तीन तलाको भवन बनाउने योजना राखेको छ ।

बबरमहलको वन परिसरभित्रै मधेसी दलनिकट नेपाल मधेसी निजामती कर्मचारी मञ्चको करोडौं मूल्यको साढे पाँचतले भवन छ । यो मञ्चले नियमविपरीत आफ्नो भवनमा राष्ट्रिय जनता पार्टीलाई भाडामा लगाइरहेको छ ।

करोडौंको भवन बनाउँदा उनीहरूले ठेकेदारसँग लाखौ रूपैया चन्दा लिने गरेको बताइन्छ। ट्रेड युनियनका नेताहरूले युनियनको लेखापरीक्षण नियमित गर्ने गरिएकाले पारदर्शी बनाइएको दाबी गरेका छन् । कर्मचारीबाट उठाइने लेबी, शुभचिन्तकको सहयोग र चाडपर्वमा खेलाइने चिट्ठालाई उनीहरूले आम्दानीको मुख्य स्रोत बताउने गरेका छन् । अन्नपूर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...