सिके राउतको दावी : २३ हजार ६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको तराई भूभाग नेपालको होइन्

Ck raut

 

 

 

स्वतन्त्र मधेसका नाममा नेपालमा १ करोड ३३ लाखजनता देशविहीन अर्थात अपरिचित क्षेत्रमा बसोबास गर्दै आएको प्रायोजित प्रतिवेदन सार्वजनिक भएको छ । १ करोड ३३ लाख जनसंख्या भने हालको नभइ सन् २०११ को भनिएको छ ।

अमेरिकामा रहेको अन्तर्राष्ट्रिय संस्था Unpresented Nations and Peoples Organization ले जनवरी २०१८ को पछिल्लो रिपोर्ट सार्वजनिक गर्ने क्रममा पश्चिम नेपालमा रहेको २३ हजार ६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको तराई भूभाग नेपालको नभइ अपरिचित क्षेत्र अर्थात् देशविहीन रहेको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

आयतन, आकारसँगै देशको झण्डासहित रहेको प्रतिवेदनमा देशको राजधानी पनि तोकिएको छैन । अपिरिचत क्षेत्रमा बस्ने जनतामध्ये ८४.९ प्रतिशतले हिन्दु, ८.३ प्रतिशतले मुस्लिम, ३.५ बौद्ध १.४ किराँत र १ प्रतिशत जनता क्रिश्चियन धर्म मान्ने गरेको उल्लेख गरिएको छ ।

नेपालको दक्षिण भागमा पर्ने भनिएको क्षेत्रमा विशेषतः विभिन्न जात र समूहका मधेसी, थारु, मुस्लिम र पहाडी समुदायको बसोबास छ । सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले सन् २०१७ मा अन्तर्राष्ट्रिय संस्था Unpresented Nations and Peoples Organization(UNPO) को सदस्यता लिएको थियो ।

स्वतन्त्र मधेस गठबन्धनले यो संस्थामा पेश गरेको प्रतिवेदनलाई सविस्तार UNPO ले आफ्नो आधिकारिक वेभसाइट http://www.unpo.org/ मा राखेको छ ।

UNPO ले सार्वजनिक गरेको प्रतिवेदनमा स्वतन्त्र मधेसबारे यसो भनिएको छ :
संक्षिप्त र सम्पादित रुपमा

मधेसीहरु नेपालको दक्षिण भागमा पर्ने तराईका बासिन्दा हुन् । जो भारतको सीमाक्षेत्रमा पर्छ । हिमाल र पहाडको तुलनामा समथर भूभाग रहेको तराई र यहाँको रहनसहन देशका अन्य भागको तुलनामा आफैँमा विशेष छ ।

प्रतिवेदनमा मधेसबारे लेखिएको छ, ‘सन् २०११ को राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसंख्याको ५०.३ प्रतिशत भूभाग तराई क्षेत्रले ओगटेको छ । जसको भेषभूषा, संस्कृति, भाषा र अन्य सामाजिक रीतिरिवाज नेपालीसँग भन्दा पनि बढी छिमेकी राष्ट्र भारतसँग हुबहु मिल्छ ।’

रिपोर्टमा लेखिएको स्वतन्त्र मधेसबारे संक्षेपमाः १८ औँ शताब्दीको अन्त्यतिर गोरखालीले राज्यविस्तार गर्ने क्रममा समेत मधेसमा छुट्टै राज्य र राजाहरू थिए । मधेसमा सेन वंशको राज्य थियो ।

भारतमा अंग्रेजको शासन विस्तार भएपछि अंग्रेजकै प्रभावमा मधेसका राज्य पनि पर्न आए, तर तिनीहरूको राज्य भने कायमै थियो । गोरखालीले कतै पनि मधेस विजय हासिल गरेर लिएका होइनन् तर शुरुमा सेन राजाका उत्तराधिकारीहरू नभएपछि अंग्रेजसँगै जमिनदारीका रुपमा हासिल गरेका हुन् ।

अन्ततः मधेसको भूमि सन् १८१६ र १८६० को सन्धिद्वारा अंग्रेजहरूले नेपालका राजालाई सुम्पेका हुन् । सन् १८१६ डिसेम्बर ८ को सन्धिअनुसार वार्षिक दुईलाख रुपैयाँको साटो अंग्रेजले कोशीदेखि राप्तीसम्मको मधेसको भूभाग नेपालको राजालाई दिएका हुन् ।

त्यसैगरी, सन् १८६० नम्बर १ को सन्धिद्वारा राप्तीदेखि महाकालीसम्मको मधेसको भूभाग अंग्रेजले नेपालका राजालाई भारतको सिपाही विद्रोह दबाउन गरेको सैनिक सहायताको बदलामा उपहारस्वरूप दिएका हुन् ।

यसरी १५०–२०० वर्ष अगाडिमात्रै मधेस अंग्रेजहरूद्वारा, मधेसीहरूको सहमति नलिइकनै, नेपालमा गाभिदिएका हुन् । त्यसका साथै, अंग्रेजहरू भारतबाट फर्केपछि भारतले नेपालसँग सन् १९५० को शान्ति एवम् मैत्री सन्धि ग¥यो, जसको धारा ८ अनुसार, सन्धिपूर्व नेपालका राजाले अंग्रेजसँग गरेको सन्धि र लेनदेन सबै खारेज हुने भनेर प्रष्टै लेखिएको छ । त्यस ऐतिहासिक सन्धि–सम्झौताअनुसार पनि स्वतःमधेस स्वतन्त्र हुनु पर्ने हो ।

सिके राउतको गतिविधि :

मधेसलाई बेग्लै देश बनाउने भन्दै सिके राउतले केही वर्षयता स्वतन्त्र मधेस अभियान चलाइरहेका छन् । एउटा सार्वभौम देशको कानुनविरुद्ध केही भागलाई छुट्टै स्वतन्त्र देश बनाउने सिके राउत र उनका क्रियाकलापमाथि विभिन्न राजनीतिक दलहरुले बेलाबेलामा आपत्ति जनाउँदै आएका छन् ।

सिके राउतले गर्ने स्वतन्त्र मधेसका सार्वजनिक कार्यक्रम र प्रभावभन्दा पनि उनको यो मुद्दा सामाजिक सञ्जालमा बढी प्रचार हुने गरेका छन् । तराईका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रम भन्दा बढी सिके राउत आफैँ फेसबुक, ट्विटर र वेबसाइटबाट प्रचार गर्छन् ।

फेसबुक र ट्विटरमार्फत मधेसलाई अलग गर्ने आफ्ना रणनीति सार्वजनिक गरिरहन्छन् । वेबसाइटमा त उनले आफ्नो गठबन्धनको रणनीति नै सार्वजनिक गरेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...