निर्मला र शनिका परिवारलाई सहयोग गर्छौं : विष्ट

Surendra bist

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई तीन लाख सहयोग गर्ने भएको छ ।

भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले आइतबार पन्तका परिवारलाई सहयोगको घोषणा गरेका छन् । यसअघि भीमदत्त नगरपालिका नगर कार्यपालिका बैठकबाट पन्त परिवारलाई आवश्यक सहयोग गर्ने निर्णय गरिएको थियो ।

‘१३ वर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएको यो अत्यन्तै दुःखद घट्ना हो, यो जघन्य अपराध हो, निर्मलालाई त हामी सबैले गुमाएका छौ, उनलाई फर्काउन सकिदैन’ नगर प्रमुख विष्टले भने, ‘निर्मलाको भाई बहिनीलाई पठनपाठन र परिवारका लागि तीन लाख सहयोग प्रदान गर्छौ ।’

निर्मलाको हत्यामा संलग्नलाई छिटो कानुनी दायरामा ल्याएर कारवाही गरिनुपर्ने नगर प्रमुख विष्टले बताए । उनले निर्मला हत्याको अनुसन्धनमा भीमदत्त नगरपालिकाबाट हुने सबै सहयोग गरिने प्रतिवद्धता जनाए ।

त्यसैगरी नगरपालिकाले निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा गोली लागेर ज्यान गुमाएको शनि खुनाका परिवारलाई शनिबार ३ लाख सहयोग गर्ने भएको छ ।

महाकाली नदीको ब्रह्मदेब घाटमा आइतबार राष्ट्रिय सम्मानका साथ १४ वर्षिया खुनाको दाहसंस्कार गरिएको छ । उनी भीमदत्त नगरपालिकाका कर्मचारी विरु खुनाका छोरा हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...