तरकारी ट्रक नियन्त्रणमा : व्यवसायी रुष्ट

Kali mati tanab 3

काठमाडौं । कालीमाटी तरकारी बजार अनुगमनमा गएको टोलीलाई केही बेर नियन्त्रणमा लिएर छोडेका छन् । बाणिज्य, आपूर्ति मन्त्रालयको टोलीले आइतबार विहान तरकारी बजारको अनुगमनमा पुगेको थियो ।

अनुगमनका क्रममा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले दुई वटा तरकारीका ट्रक नियन्त्रणमा लिएको भन्दै व्यवसायीहरुले विरोध गरेका थिए । सो क्रममा उनीहरुले टोलीलाई नै तरकारी बजारभित्र नियन्त्रणमा लिएका थिए ।

कालिमाटीमा करिब एक दर्जनको संख्यामा रहेका उपसचिवसहितको अनुगमन टोलीलाई व्यवसायी तथा विचौलियाको समूहले बजारभित्रै थुनेर राखेका थिए । अनुगमन टोलीले सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं र गृह मन्त्रालयसँग अनुरोध गरेपछि बजार क्षेत्रमा थप प्रहरी परिचालन गरिएको थियो ।

हाल कालिमाटी बजारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, सचिव, आपूर्तिका महानिर्देशक, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलयायत घटनास्थल पुगेका छन् ।

दुई ट्रकमध्ये ना४च ६६३४ नम्बरको ट्रकका चालक सुदिप दराईलाई नियन्त्रणमा लिएपनि बा६च ९६४ नम्बरको ट्रकका चालक कर्मा तामाङ भने फरार भएका प्रहरीले जनाएको छ। महानगरीय प्रहरीकाअनुसार नियन्त्रणमा लिइएका चालकसँग सोधपुछ तथा थप अनुसन्धान जारी छ ।

तरकारी बोकेका ट्रक र चालकलाई पक्राउ गरिएपछि व्यवसायीहरुले अनुगमन कार्यमा अवरोध गरेका छन् । हाल कालीमाटी तरकारी तथा फलफूल बजारको अवस्था अशान्त रहेको बताइएको छ ।

/uploads/Vadau/kali_mati_tanab_1.jpg

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...