पोखराका दुई पसलमा आगलागी हुँदा २५ लाखको क्षति

Pokhara aaglagi

पोखरा । पोखराको न्यूरोडमा गएराति आगलागी हुँदा करिब २५ लाखको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट नव सन स्टार टे«डर्स र सुजल किराना पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका हुन् ।

न्यूरोडको पोखरा महानगरपालिकाको कार्यालयभन्दा करिब ३ सय मिटर तल अंकल्स गार्डेनको विपरीत दिशामा रहेको घरमा आगलागी हुँदा उक्त उक्त क्षति भएको हो ।

नवीन श्रेष्ठले सञ्चालन गरेको नव सन स्टार ट्रेडर्समा सोलारका सामानहरु रहेको र ती सामानहरु आगोले जल्दा करिब १५ लाख र कोपिला नेपालीले सञ्चालन गरेको सुजल किराना पसलका सामानहरु जल्दा करिब १० लाखको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

राति आगलागी भएकाले ढिलो गरेर जानकारी पाउँदा धेरै क्षति भएको बताइएको छ ।

आगलागीको कारण यकिन भएको छैन । प्रहरीले विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...