किन गए सातै प्रदेशका सभामुख र उपसभामुख चन्द्रागिरीमा ?

Chandragiri

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाका अध्यक्ष सहित सातवटै प्रदेशका सभामुख र उपसभामख सांसदहरुको आचारसंहिताबारे छलफल गर्न चन्द्रागिरी पुगेका छन् ।

संघीय संसद सचिवालले काठमाडौंको चन्द्रागिरीमा आइतबार संघीय संसद अन्तर्गत प्रतिनिधि सभा, राष्ट्रिय सभा र सातवटै प्रदेशसभाका सभामुख उपसभामुखबीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । छलफलमा कानुन मन्त्री भानुभक्त ढकाल सहभागी थिए ।

छलफलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सांसदहरुका लागि आचार संहिता तत्काल बनाउनुपर्ने बताए । सभामुख महराले पदीय अधिकारको दुरुपयोग हुनबाट जोगाउनका लागि आचारसंहिता अत्यावश्यक रहेको बताएका हुन् ।

त्यसैगरी संघीय संसद र प्रदेश सभाका पदाधिकारीको मर्यादाक्रमको विषयमा पनि संसोधन गर्नुपर्ने बताए । उनले संविधानतः छुट्टा–छुट्टै अधिकारप्राप्त संघ र प्रदेशबीच कानुन निर्माण लगायत विषयमा समन्वय आवश्यक रहेको बताए ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संघीय संसद र प्रदेशसभाबीच सभा सञ्चालन र प्रक्रियाबारे अनुभव आदानप्रदान तथा कानुन निर्माणमा समन्वय हुनुपर्ने बताए । कानुन, योजनादेखि विकास निमार्णसम्म सहकार्य हुनुपर्ने भएकाले प्रदेशसभालाई संसदीय प्रणालीबारे मजबुत बनाउन अनुभवी उपसचिवलाई पठाउने व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

संसदीय मामिला तथा कानुनमन्त्री भानुभक्त ढकालले संघ र प्रदेशका साझा अधिकार सूचीसम्बन्धी कानुनमा एकरुपता ल्याउनका लागि पनि आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा सात प्रदेशका सभामुखरउपसभामुखले प्रदेश बैठक सञ्चालनमा देखिएका समस्या लगायतका बारे प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...