इटहरीका नायव सुब्बा घुससहित पक्राउ

Ppp

सनुसरी । इटहरी उपमहानगरपालिका-१० का वडा कार्यालय सचिव नायव सुब्बा बिदूर रेग्मी घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको सूचनाका आधारमा नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय इटहरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

रेग्मीले होटल दर्ता प्रमाणपत्र बनाइदिने भन्दै सेवाग्राहीबाट १३ हजार घुस रकम लिएको अख्तियारले विज्ञप्ति निकाली जानकारी दिएको छ ।

उनलाई उपहानगरको वडा नं. ६ को रोज रक मम घर होटलबाट नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...