सुरक्षा गार्डकै हत्या, आँखा निकालिएको अवस्थामा शव फेला

Mrder 1

विराटनगर । विराट नर्सिङ होमको नजिक रहेको न्यू बक्की हार्डवेयरमा काम गर्ने गार्डको हत्या भएको छ ।

देब्रे आँखा निकालिएको अवस्थामा ५० वर्षीय टंक भट्टराईको शव आइतबार बिहान फेला परेको छ ।

विराटनगर–४ पिपलचोक घर भएका भट्टराई राति हार्डवेयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए । तर, आइतबार बिहान पौने १० बजे हार्डवेयरका कामदारले ढोका खोल्दा उनी मृत अवस्थामा फेला परेका घटनास्थलमा खटिएका मोरङ प्रहरी प्रवक्ता डीएसपी निशान थापाले जनाएको छ ।

उनको सुत्ने कोठाको खाटमुनि शव देखेपछि कामदारले प्रहरीलाई खबर गरेको थिए । उनको शव सिरानीले मुख थुनेको अवस्थामा फेला परेको थियो । भट्टराईको अनुहारलगायत शरीरका विभिन्न भागमा चोट देखिएको छ ।

माथि राखिएको इन्भरटर तल खसेकोबाहेक घटनास्थलमा अन्य कुनै सामान चलाइएको छैन ।

थापाका अनुसार यो हत्या नै भएको र यस घटनाबारे अनुसन्धान भइरहेको जानकारी गराएको छ ।

 

प्रतिकृया दिनुहोस