के बलात्कारीलाई मृत्यदण्डको सजायँ हुन सक्दैन ?

Mrityudanda

काठमाडौं । काठमाडमैंको माइतीघर मण्डलामा शनिवार बलात्कारीलाई मृत्युदण्ड माग गर्दै प्रदर्शन सहभागीमध्ये केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

जब-जब बलात्कारजस्ता जघन्य अपराधका घटना बढेको सार्वजनिक हुनथाल्छ, कतिपयले यस्ता अपराधमा संलग्नलाई मुत्युदण्ड दिनुपर्ने माग राख्ने गर्छन् ।

विरोधका क्रममा केही महिलाले अंगप्रदर्शन हुने खालको कपडा लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, शनिवारै उनीहरूलाई छाडिसकिएको छ ।

प्रदर्शनका क्रममा उनीहरूले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए । बलात्कारजस्तो जघन्य अपराधमा सजाय कम भएको भन्दै राजधानीमा भएको यो प्रदर्शन पहिलो होइन, न त मृत्युदण्डको माग नै ।

नेपालले मृत्युदण्डलाई अस्वीकार गर्ने गरी विभिन्न मानवअधिकारसम्बन्धी २४ वटाभन्दा बढी सन्धि(महासन्धिहरूमा हस्ताक्षर र अनुमोदन गरेको र ती सन्धिसम्झौताहरूले मृत्युदण्डलाई अस्वीकार गर्ने कानूनबिदहरु बताउँछन् ।त्यस्तै नेपालको संविधानले समेत मृत्युदण्डलाई निषेध गरेको कारण फाँसी र मृत्युदण्डको सजायँ दिन नमिल्ने बिज्ञहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...