जबर्जस्ती करणीको प्रयास गर्ने अभियुक्ति कारागार चलान

Un

देउखुरी । जबर्जस्ती करणीको प्रयास गरेको अभियोगमा एक ब्यक्ति पक्राउ परेका छन् भने एक फरार रहेका छन् ।

गएको साउन २ गते अमेलिया खानेपानीमा जागिर लाईदिन्छु भन्दै दुई युवतीलाई लमही नगरपालिका वडा नम्बर ९ अन्र्तगत कालिखोलाको वनमा बोलाएर जबर्जस्ती करणीको प्रयास भएको पीडित युवतीले बताए ।

जबर्जस्तीको प्रयास गर्ने तुलसीपुर उप–माहानगरपालिका वडा नम्बर १४ भोजपुर निवासी १८ वर्षीय बोधराज विक कारागार चलान भएका हुन् भने सोही ठाउँ निवासी ३३ वर्षीय अर्का अभियुक्त बिष्णु विक फरार छन् ।

फरार अभियुक्त बिकको खोजी कार्य जारी रहेको लमही प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस