१४ गुणा कर वृद्धि गरेको भन्दै काँग्रेसको नेतृत्वमा सात पार्टी सरकारविरुद्ध सडकमा

Nc 542x300

चितवन । नेपाली काँग्रेससहित सात पार्टी अनशनसहित आन्दोलनमा उत्रेका छन् ।

सरकारले जनताको ढाड सेक्ने गरी कर वृद्धि गरेको भन्दै चितवनको रत्ननगर नगरपालिकाले एकलौटी रुपमा उनीहरूले आन्दोलनमा उत्रेका हुन् ।

काँग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेले अस्वभाविक कर वृद्धि गरेको भन्दै कर वृद्धि फिर्ता गर्न आग्रह गर्दा नगरपालिकाले नमानेपछि बाध्य भएर अनशनसहितको आन्दोलन थालेको बताए ।

करविरुद्ध नेपाली काँग्रेससँगै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक), नयाँ शक्ति पार्टी नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक पार्टी पनि आन्दोलनमा उत्रेका हुन् ।

नगरपालिकामा जनप्रतिनिधिहरू आएपछि जनपक्षीय काम हुन नसकेको आरोप लगाउँदै १० देखि १४ गुनासम्म कर वृद्धि गरेर जनतालाई मारमा पारेको आरोप आन्दोलनरत दलहरूले जनाएका छन् । कर वृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाई छ ।

प्रतिकृया दिनुहोस