छैटौं मिस टिन कलेज तथा प्रथम कलेज हेन्डसमको अडिसन सम्पन्न

Miss teen sampana

काठमाडौ । काठमाडौंमा मिस टिन कलेज र कलेज हेन्डसमको पहिलो अडिसन गरिएको छ । अडिसनमा काठमाडौंमा रहेर दश जोड दुईमा अध्ययनरत छात्रछात्राहरु सहभागी भएका थिए ।

छनौट भएका प्रतियोगिहरुलाई भाद्र ५ गतेवाट प्रशिक्षणमा सहभागी गराइने छ ।
उक्त अडिसनवाट २० जना मिस टिनको लागि र २० जना कलेज हेन्डसमको लागि छनौट गरिएको आयोजक सिजन मिडियाले जनाएको छ ।

छनौट कार्यक्रममा अफिसियल कोरीयोग्राफर रोजिन शाक्य, एयरक्राफ्ट इन्जिनियर रन्जीत जैशवाल, प्रि व्रिटिस हेल्थ क्लवका अध्यक्ष कमल लिम्वु, सिम्रिक एयरलाइन्सकी चिफ क्याविन क्रु अस्मिता खनाल, जुम्वा प्रशिक्षक सोनाम केसी रहेका थिए ।

प्रतियोगिताका विजेताहरुले उच्च शिक्षाको लागि छात्रावृत्ति साथै दुवै प्रतियोगीताका विजेताले थाइल्याड भ्रमणको टिकट, मोबाइल फोन, अस्ट्रेलिया अध्ययनको लागि छात्रावृत्ति, निशुल्क टोफल आएल्स, म्यूजिक भिडियो तथा मोडलिङको अवसर पाउने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...