प्रदेश नं.२ हुँदै पानी जहाज कोलकाता पुग्छ : प्रधानमन्त्री ओली

Kpoli 11222

जनकपुर । प्रदेश २ को प्रदेश सभालाई सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट भारतको कोलकाता जाने पानी जहाज प्रदेश २ बाट चल्ने बताएका छन् ।

शनिबार मध्यान्ह प्रदेश २ को प्रदेश सभालाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले नेपालको तीन नदीबाट पानी जहाज चाडै सुरु हुने बताएका हुन् ।

भारतले सीमा क्षेत्रमा बाँध बनाएर नेपाल डुबाउन नमिल्ने बताएका छन् ।

यसैगरी सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफू तराईको विकासको लागि प्रतिवद्ध भएको दोर्होयाएका छन् । उनले हरेक प्रदेशको आ-आफ्नै विशेषता भएको बताउँदै तराई पनि उर्बरभूमी भएको उल्लेख गरे ।

यसका लागि आफू सिँचाइको लागि चाँडै भन्दा चाँडै काम गरिरहेको बताए । उनले तराइको विकासको लागि सहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट छुट्ट्याएको दाबी गरे ।

यसैगरी जनता आवास कार्यक्रम अनुसार प्रदेश २ को हरेक जिल्लामा १ बजार घर बनाउने योजना रहेको बताए । जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउने उनको दाबी छ ।

यसैगरी अबको ५ वर्षमा हुलाकी सडक पुरा गरिसक्ने पनि प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...