पुल भत्किँदा टुट्यो बाह्रविसे र भोटेकोशीको सम्बन्ध

Sadhi khola pul

सिन्धुपाल्चोक । गएराति परेको अविरल वर्षाले साँधीखोला पुल भत्किँदा बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको छ ।

गएराति परेको अविरत वर्षापछि आएको बाढीले बाह्रवीसे खोर्सानीबारी नजिकै रहेको साँधीखोला पुलको आधा भाग बगाएको छ । पुल क्षतिग्रस्त भएपछि मोटरसाइकलबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

पुलको आधा भाग बगाएसँगै बाह्रविसे नगरपालिकाका केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको छ । पुलको दुवैतर्फको जप आधा सरेपछि नेपाल–चीन सीमा आसपासका स्थानीय समस्यामा परेका छन् ।


बाह्रबिसे–३ भीरकुना र ४ कोसिनडाँडामा खसेको पहिरो र वर्षाले साधी खोला बढेर आएपछि बाह्रबिसे जोड्ने साँधीखोल्सा पुलको आधी भाग भत्किएपछि धरापमा परेको छ ।

गत वर्ष पनि भोटेकोशी गाउँपालिका नजिकै रहेको पक्की पुल बाढीले बगाएको थियो ।

प्रतिकृया दिनुहोस