धनकुटामा शुरु भयो रेडियो भेडेटार

Vedetar fm

धनकुटा । धनकुटाबाट प्रशारण शुरु भएको रेडियो भेडेटारको परिक्षण प्रशारणको शुभारम्भ भएको छ ।

सो एफएमको शुक्रबबार रेडियो भेडेटार ९१ मेघाहर्जको अध्यक्ष दिनेश राई, पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबवहादुर श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई लगायतले संयूक्त रुपमा प्रत्यक्ष प्रशारणमार्फत शुभ कामना दिई परिक्षण प्रशारणको शुभारम्भ गरे ।

रेडियो भेडेटार धनकुटाले धनकुटा नगरपालिका वडा ७ को मगर टोलमा कार्यालय स्थापना गरिएको छ । केही दिनपछि भेडेटारमा टावर स्थापना गरी रेडियो भेडेटारले त्यहाँबाट पनि प्रशारण गरी १ नम्वर प्रदेशभरी पहुँच पुर्याउने तयारी भइरहेको स्टेशन म्यानेजर खगेन्द्र घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस