बिरामी नजाँच्ने चिकित्सकहरुको आन्दोलन १५ दिन स्थगित

Andolan ubvfmhac8w

काठमाडौं । सरकारले लागू गर्न लागेको मुलुकी अपराध संहिताले चिकित्सकहरुलाई कैदसहितको दण्ड सजायको व्यवस्थाका विरुद्ध नेपाल चिकित्सक संघले घोषणा गरेको आन्दोलन १५ दिनका लागि स्थगित गरेको छ ।

नेपाल चिकित्सक संघले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भदौै १ गते (भोलि) देखि विरामी नजाँच्ने आन्दोलन १५ दिनसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो । कार्यक्रम १५ दिनका लागि स्थगित गरिएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले जानकारी दिए ।

संघले आफ्नो लाईसेन्स भने संघको कार्यालयमा बुझाउन देशभर चिकित्सकहरुलाई निर्देशन दिएको छ । सरकारले १५ दिन भित्र पनि आफूहरुको माग अनुसार सो संहिता संशोधन नगरे विरामी नजाँच्ने संघका अध्यक्ष श्रेष्ठले चेतावनी दिए ।

संघले चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएमा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था संशोधन गरेर लापरबाही भए नभएको पुष्टि गर्न छानवीन समिति बनाउने व्यवस्था गर्न माग गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संघको माग अनुसार सो संहिता संशोधन गर्ने प्रतिवद्धता जनाएपछि चिकित्सकहरुले पनि भोलीदेखि विरामी नजाँच्ने आफ्नो निर्णय १५ दिन पछि सारेका हुन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...