बाजेको सेकुवाको भक्तपुरमा करोडौंको जग्गा, किन पुगेन प्रशासनको आँखा ?

Bajeko sekuwa jagga

भक्तपुर । काठमाडौंमा एउटा गतिलो ब्राण्ड हो बाजेको सेकुवा । केही समयअघिसम्म सबैले बाजेको सेकुवाको तारिफ गर्थे ।

अहिले बाजेको सेकुवाको भित्री कथा धेरैलाई थाहा छैन । जुनकुरा सुन्दा आङै जिरिङ हुन्छ । त्यो हो सुन तस्करीमा मुछिएका बाजेका सेकुवा अर्थात् चेतन भण्डारी ।

साँढे ३३ किलो सुन तस्करीको लहरो तान्दा बाजेको सेकुवासम्म तानिएको हो । सनम शाक्य हत्याको छानबिन गर्दै जाँदा गृह मन्त्रालयको छानविन समितिले बाजेको सेकुवामा सिलबन्दी गरेको छ । समितिले उपत्याकाको विभिन्न ६ स्थानमा रहेको बाजेको सेकुवा उनको पारिवारिक सम्वन्धका ब्यक्तीको बैंक खाता, तथा अन्य सम्पत्ती सरकारले रोक्का गरेको छ ।

उनी सुन तस्करीमा लगानी गरेको आशंकामा प्रहरीले बाजेको सेकुवा रेष्टुरेष्टका सञ्चालक भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरिसकेको छ । तर, उनै भण्डारीले हालै मात्र भक्तपुरमा ४ महिनाअघि किनिएको जग्गामा प्रहरीको आँखा लागेको छैन ।

भण्डारीले सुन तस्करीको पैसा लगानी गरेको आरोपमा यसका एउटा शाखाबाहेक सबै शाखा बन्द गरिएको छ । बैंक खातासमेत बन्द गरेको छ । तर, उनले सुनको पैसाले नै किनेको बालकोट ९ को कित्ता नम्वर ७७ को एक रोपनी १४ आना, ९ कै कित्ता नम्वर ८० को एक रोपनी ६ आना, ९ कै कित्ता नम्वर ८१ को एक रोपनी १४ आना र ९ कै २१७८ नम्वर कित्ताको ८ आना जमिन भने हालसम्म रोक्का गरिएको छैन ।

बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारीको श्रीमती नितिमा भण्डारी कार्कीको नाममा २०७४ चैत ६ गते नामसारी भएको भक्तपुरको बालकोटमा रहेको जग्गा भने हाल सम्म पनि रोक्का गरिएको छैन ।

निर्मला देवी वडगामी र चेतनकी श्रीमती नितिमा भण्डारी कार्कीको नाममा रहेको सो जमिन करोडौं मुल्य बरावरको हो । तीन भागको एक भाग निर्मलादेवी वडगामीको नाममा र बाँकी दुई भाग नितिमाको नाममा सो जमिन मोठ ६८ ग ४८० बाट २०७४ चैत ६ गते खरिद गरिएको देखिन्छ ।

तीन भागको एक भाग अर्थात ६०आना (३ रोपनी १२ आना) जमिन चेतनकी श्रीमतीको नाममा छ । बालकोटमा हाल आनाको २० लाख भन्दा मुनिको जमिन पाउन गाह्रो छ । तर, उनको रोज भिलेज अगाडी नै ६० आना जमिन छ । २० लाख आनाको दरमा हिसाव गर्ने हो भने नितिमाको नाममा रहेको जमिनको मुल्य १२ करोड बराबरको हुन आउँछ ।

बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी संगठीत सुन तस्करीमा संलग्न रहेको समितिको ठहर छ । त्यति मात्रै होईन, तस्करीबाट आएको रकम रेस्टुरेन्ट र घर जग्गामा लगाएको भन्नेसम्म संकेत गृह प्रशासनले पाएको छ । तर, अहिलेसम्म रोक्का गर्ने वा नियन्त्रण गर्न भने सकेको छैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...