घुससहित भन्सारका कर्मचारी पक्राउ

Ghusa sahit pakrau n

कञ्चनपुर । प्रदेश नम्वर ७ को कञ्चनपुरमा रहेको गड्डाचौकी भन्सार कार्यालयका नायव सुब्बा राम प्रशाद भट्टराइलाइ घुस लिदा लिदै पक्राउ परेका छन ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले भट्टराईलाई कार्यालयमै सेवाग्राहीबाट घुस लिईरहेको अवस्थामा पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रेम सागर केसीले नासु भट्टराईले सेवाग्राहीबाट नगद दश हजार रुपैया घुस लिईरहेको अवस्थामा रंगेहात पक्राउ गरेको बताए 

प्रवक्ता केसीका अनुसार गड्डाचौकी भन्सार कार्यालयबाट आयातीत समान भन्सार नकाटेरै छोड्नको लागी नासु भट्टराईले सेवाग्राहीबाट नगद दश हजार रुपैया माग गरेका थिए ।

कार्यालयमै पक्राउ परेका नासु भट्टराईलाई थप अनुससन्धानका लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाण्डौ पठाईने समेत प्रवक्ता केसीले जानकारी दिए ।

गड्डाचौकी भन्सार कार्यालयका कर्मचारीहरुको मिलेमतोको कारण दैनीक लाखौंको राजश्व छलीहुनेगरेको आरोप स्थानीयहरुले लगाउदै आईरहेका बेला कार्यालयका कर्मचारी यसरी घुस सहीत पक्राउ पर्दा कार्यालयका कर्मचारीहरुमाथी अझै शंका उत्पन्न गरेको छ ।

प्रतिकृया दिनुहोस