पशुपति आर्यघाटमा खुल्लमखुल्ला यौनको व्यापार, प्रशासन मौन
काठमाडौं । विषेश गरेर काठमाडौंका केही स्थानलाई अघोषित रेडलाइट एरिया नै भनिन्छ । जहाँ यौनकर्मी महिला र पुरुषबीच वार्गेनिङ भइरहेका दृष्य देखिन्छन् ।
तर, अहिले यौनकर्मीहरुले पशुपति आर्यघाटलाई प्रयोग गर्दै आएका छन्, जहाँ प्रहरी प्रशासनको आँखा नै पुगेको छैन ।
पशुपति क्षेत्र हिन्दुहरुको पवित्र महत्व बोकेको स्थल पनि हो । यहाँ यौनकर्मीहरुको भीड लाग्ला भनेर सायद कमैले सोच्लान् । तर, अहिले यौनकर्मीहरुले पशुपति क्षेत्रलाई एउटा विन्दुको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।
हालसम्म काठमाडौंको गौशाला, नयाँ बसपार्क, ठमेल, कलंकी, कोटेश्वर, पुरानो बसपार्क आदी क्षेत्रमा झमक्क साँझ नपर्दै यौनकर्मी महिला र उनीहरुका शरिरमा खेल्न चाहने पुरुषहरुको भीड देख्न पाईन्छ । यी ठाउँहरुमा देखिने दृष्य अहिले पशुपति क्षेत्रमा देख्न पाइन्छ ।
यहाँ आउने धेरैको अनुमान पीडामा परेकाहरु आउँछन् भनेर कसैले वास्था पनि गर्दैनन् । तर, पछिल्ला केही वर्षहरुमा गाँजा, चुरोट र मदिरा सेवन गरेर होहल्ला गर्नेदेखि खुलेआम यौनजन्य हर्कत गर्नेहरुको जमात नै देखिन थालेको छ । तर, प्रशासनले भने अहिलेसम्म त्यसप्रति ध्यान नै दिएको छैन ।
प्रहरी प्रशासनले पशुपति क्षेत्रमा यसरी साँझपख खुल्लमखुल्ला यौनको वार्गेनिङ हुन्छ भनेर थाहा नपाएको पनि होइन, पशुपति क्षेत्रमा रहेका पुजारीहरुले पनि बेलाबेला यो कुरा सुनाउने गरेका छन् । तर, केहीबेरा प्रहरीले गस्ती गरेजस्तो गरे पनि त्यसलाई नियन्त्रण गर्न सकेको छैन ।
यतिसम्म की मलामीहरुलाई यौनकर्मीहरु खुलेआम ग्राहक बनिदिन अफर गरिरहेका दृष्य पनि आजभोली सामान्य बन्न थालेका छन् । सुरक्षाकर्मीको अनुपस्थितिमा कुलतमा फसेका युवायुवतीका यौनजन्य र अन्य अस्वाभाविक हर्कतले जो कोही चकित पर्छन् ।
प्रतिकृया दिनुहोस