औषधि लिन बजार निस्केका युवकको बाटोमा शव फेला

5 deadbody

बाँके । शुक्रबार बिहान औषधि लिन बजार निस्केका नेपालगञ्जका एक युवकको बाटोमै शव भेटिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ का २५ वर्षीय दुर्गाप्रसाद कोरीको शव पिप्रहवास्थित सडक किनारको नालीमा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।

भे २ प १६५५ नम्बरको मोटरसाइकलमा सवार कोरीको शव नजिकै मोटरसाइकल पल्टिएको अवस्था छ । नालीमा पानी समेत कम्मरसम्म छुने मात्रै छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भई शरीरमा चोट लागेर कोरीको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

मृतकको शव भेरी अञ्चल अस्पतालमा र्पुयाएर पोष्टमार्टम गरिएको छ । शरीरमा बहिरी चोट केही पनि नपाइएको प्रहरीले जनाएको छ ।

कोरीको शव भेटिएको स्थान नजिकै मरेको पशुको सिनोको अत्याधिक दुर्घन्ध हुने भएका कारण सवारी साधन तीव्र गतिमा चलाउने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।

सडक किनारको नालीमा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...