दुई दिनमा चार आत्महत्या !

Suicide ognmjhl

भैरहवा । रूपन्देहीमा पछिल्लो दुई दिनमा ४ जनाले आत्महत्या गरेका छन् ।

दुई महिला र दुई पुरुष आत्महत्या गरेका छन् । छुट्टाछुट्टै स्थानमा भएका ती आत्महत्याको प्रकृति एकै खालको रहेको प्रहरीले जनाएको छ । चारै जनाले झुण्डिएर आत्महत्या गरेका हुन् । सो बीचमा एक जनाले बिष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार आत्महत्या गर्नुको कारण खुलेको छैन । आत्महत्या गर्नेमध्ये चारैजना ३० वर्ष मुनिका छन् । प्रहरीका अनुसार बुधबार कञ्चन गाउँपालिका–१ लौसाकी २८ वर्षीय बिष्णुमाया कुमालले आफ्नै घरको सुत्ने कोठामा पटुकीको पासो लगाई झुण्डिएर आत्महत्या गरिन् ।

त्यसैगरी मगंलवार तिलोत्तमा नगरपालिका–१३ की २७ वर्षीय गंगा कुमालले पनि आफ्नै घरको कोठामै पलास्टिकको डोरीको पासो लगाइ आत्महत्या गरेकी छन् । यसैगरी बिहीबार सिद्धार्थनगर नगरपालिका–१३ हाटबजारका ४५ वर्षीय रमेश शर्माले बजार लाग्ने छाप्रोमा पासो लगाई आत्महत्या गरे । मृतक शर्मा मानसिक सन्तुलनमा नरहेको बताइएको छ ।

यस्तै, सियारी गाउँँपालिका–३ का ३० वर्षीय नरेश कुमालले पनि बिहीबार आफ्नै घरको धुरीमा प्लाष्टिकको डोरीको पासो लगाई आत्महत्या गरेका छन् । त्यस्तै सिद्धार्थनगर नगरपालिका–९ गोलीगढमन २२ वर्षीय प्रेमजित यादवले विष सेवन गरी आत्महत्या गर्ने प्रयास गरेको रूपन्देही प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...