वर्षौदेखि चोरी गर्दै आएका विष्ट प्रहरीको फन्दामा

Chori doti 2

डोटी । वर्षौदेखि चोरी गर्दै आएका एकजना डोटी प्रहरीको फन्दामा परेका छन् ।

डोटीमा मात्र विगत दुई वर्षदेखि चोर्दै आएका २२ वर्षीय एक युवालाई चोरी गरिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

सुर्खेत जिल्ला साबिकको तरंगा गाविस-३ गाइनेगडा घर भएका धनबहादुर बिष्ट उर्फ भवी बिष्ट, भरत बिष्ट डोटीमा मात्रै दुई वर्षदेखि चोरी धन्दा गर्दै आएका हुन् । साउन १६ गते बिहान ३ बजे पूर्वीचौकी गाउँपालिकाको खिरसैनमा उनलाई इन्द्र खड्काको पसल चोर्दै गरेको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।

करिब एक हप्ता प्रहरी थुनामा रहेका बिष्टलाई बिहीबारबाट चोरी अभियोगमा मुद्धा चलाइएको छ । उनले दिपायल सिलगढी नगरपालिका- ६ निवासी नेकपाका नेता नारद मलासीको पसल, दिसिनपा - ५ का मानबहादुर बिष्ट तथा लालबहादुर दमाईको पसल चोरेको प्रहरी समक्ष बताएका छन् । डोटीका अन्य ठाउँमा समेत चोरेको उनले बताएका छन् ।

एक वर्षजति अछाम जिल्ला, कैलालीको अत्तरिया, नेपालगञ्जमा समेत चोरी गरेको उनले बताएका छन् । केही वर्ष अगाडि नेपालगञ्जमा प्रहरीले चोरीको अभियोगमा पक्राउ गरेपनि तीन महिना पछि थुना मुक्त भएका थिए । बुबा पंक बिष्टको छोरा बताउने उनीसँग डोटीमा न त कोठा भाडामा बसेको प्रमाण देखिन्छ न त उनीसँग अरु सरसामान छ । उनीसँग एउटा सिमकार्ड नभएको सादा मोबाइल सेट छ ।

गाउँघर तिर चोरी गर्न थालेपछि गाउँलेले उनलाई गाउँबाट निकाला गरिदिएको प्रहरीले बताएको छ । आफूसँग चोरी गरेका पैसा नबचेको उनी बताउँछन् । चोर्दै हिँड्ने र चोरेको पैसा खर्च गर्दै जाने भएकाले आफूसँग पैसा र अरु कुनै पनि सामान नरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...