लागू औषधसहित दुई जना पक्राउ

Lagu ausadhi

काठमाडौं । महानगरपालिका ३१ बानेश्वर जागृती नगरबाट प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका ९ घर भएका २६ वर्षिय सन्तोष लामा र सुनसरी धरान १७ घर भएका २६ वर्षिय धनबहादुर राई रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई नुर्फिन ४८ एम्पुल, डाइजेल्याब ४८ एम्पुल, फेनारगन ४८ एम्पुल र ९५ थान सिरिञ्जसहित शुक्रबार पक्राउ गरिएको छ ।

प्रतिकृया दिनुहोस