५ वर्षभित्र हवाई उडान क्षमता दोब्बर बनाउने लक्ष्य

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एएरपोर्टमा परिणत गर्ने

Bhairawaha airport 1500x716 878x300

काठमाडौं । सरकारले ५ वर्षभित्र अन्तर–प्रादेशिक हवाई उडान सकेसम्म धेरै सञ्चालन गर्ने बताएको छ ।

सात प्रदेशमा कम्तिमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको लक्ष्य छ ।

प्रयोगमा नआएका विमानस्थलमा एयर स्पोर्टस एक्टिभिटिज सञ्चालन हुनेछन् । सबै स्थानीय तहमा कम्तिमा एउटा हेलिप्याड निर्माण भएर सञ्चालन भैसकेको मन्त्रालयको कार्ययोजनामा उल्लेख छ ।

५ वर्षमा काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल निर्माण भएर सञ्चालनमा आएको हुनेछ । नागीडाँडा विमानस्थलको सञ्चालन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्तिमा ३० प्रतिशत एयर ट्राफिक भार घट्ने मन्त्रालयको अनुमान छ ।

यस्तै, ५ वर्षमा भैरहवा एक वर्षभित्र, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ३ वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजना बनाएको मन्त्रालयले नविनतम प्रविधि एवम आधुनिक पूर्वाधारयुक्त नीजगढ विमानस्थलको ५० प्रतिशत निर्माण कार्य सम्पन्न गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरका प्रविधि जडान गरेर अन्तर्राष्ट्रिय निमानस्थल नाफामा सञ्चालन भैरहेको हुने मन्त्रालयको योजनामा छ ।

मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार र सुधार गरिने योजना अगाडि सारेको ५ वर्षमा अहिलेको भन्दा दोब्बर उडान गर्ने योजना रहेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रवक्ता घनश्याम उपाध्यायले पार्किङ क्षमता पनि दोब्बर बनाइने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय जगतमा छुट्टै पहिचान भएको विमानस्थलका रुपमा बुटिक एएरपोर्टमा परिणत गर्ने पर्यटन बोर्डको सुझावलाई अगाडि बढाउन सकिने उनले बताए । बुटिक एयरपोर्ट भन्नाले रातो रङका इँटा बिच्छाएर बनाइने एयरपोर्टलाई चिनिन्छ ।

मन्त्रालयले नेपाल वायु सेवा निगमका अन्तर्राष्ट्रिय उडानतर्फ न्यारोबडी र वाइडबडी गरी १० वटा विमान पुर्याउने योजना अगाडि सारेको छ । नेपालको अन्तर्राष्ट्रिय उडानमा ६० प्रतिशत हिस्सा नेपाल वायु सेजा निगमले ओगटेको हुुने पनि प्रवक्ता उपाध्यायले बताए ।

मन्त्री नियुक्त भएलगत्तै सय दिने कार्ययोजना सार्वजनिक गरेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले नागरिक उड्ययनतपर्फ ५ वर्षे महत्वाकांक्षी योजना ल्याएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...