रामभक्तको ‘मनको ढोका’ सार्वजनिक, हेर्नुस् (भिडियोसहित)

Manko dhoka

काठमाडौं । सुगम संगीतका स्थापित गायक रामभक्त जोजिजू आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

सोमबार साँझ इमेज च्यानलबाट प्रिमियर गरिएको ‘मनको ढोका‘ शीर्षकको उक्त गीतको म्युजिक भिडियोलाई जोजिजूले आफ्नै आधिकारिक यूट्यूब च्यानल जोजिजू इन्टरटेन्मेन्टमा समेत अपलोड गरेका छन् ।

सोमबारनै यूट्युबमा अपलोड गरिएको आधुनिक शैलीको उक्त गीतमा गीतकार तथा संगीतकार रक्ष गुरुङका कर्ण्प्रिय शब्द तथा सुमधुर संगीत सुन्न सकिन्छ । गीतमा महाराज थापाको संगीत संयोजन छ ।

निकेश खड्काद्वारा निर्दे्शित उक्त म्युजिक भिडियोमा गायक जोजिजूले पहिलो पटक मोडलको रुपमा अभिनय समेत गरेका छन् । उनलाई लोकप्रिय अभिनेत्री वर्षँ राउतले अभिनयमा साथ दिएकी छिन् ।

काठमाडौंको एउटा रिसोर्टका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोमा राजिव समरको कोरियोग्राफी छ । ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

Video

प्रतिकृया दिनुहोस