श्री ३ मोहन समशेरका नाति पशुपति समशेर राणाविरुद्ध अदालतमा जालसाझीको मुद्दा

Pashupati rana muddha

काठमाडौं । राणा खानदानका नेता हुन् पशुपति समशेर जवरा । उनी राणा प्रधानमन्त्री श्री ३ मोहन समशेरका नाती हुन् । तर, उनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा जालसाझी गरेको आरोपमा मुद्दा दायर भएको छ । 

राणाकी आफ्नी दिदी हुन् धर्म राज्य लक्ष्मी राणा । धर्म राज्य लक्ष्मीले काठमाडौं महानगरपालिका वडा नं. ४ बस्ने पशुपति समशेर राणालाई आफ्नो जग्गा बिक्री गर्न २०६४ असार ११ गते सोमबारका दिन अधिकृत वारेसनामा दिएकी थिइन् ।

तर, उनको सन् २०१३ जनवरी ५ अर्थात् मिति २०७० पुस २१ गते आइतबारका दिन भारतको सरदार गेष्ट हाउस, जिल्ला कलेक्टर निवास जोधपुरमा निधन भएको थियो ।

त्यसको एक वर्षपछि पशुपति समशेर जवराले श्रीमति उषा राज्य राणाका नाममा राजीनामा पास गरिदिएका थिए । २०७१ माघ ९ मा पास गरिएको भनिएको कित्ता नम्बर २७, २९, ४३ र ८७ को सो जग्गाको मुल्य त्यतिबेला १० करोड ५५ लाख ६८ हजार ५ सयमा राजीनामा पास गरेको उल्लेख गरिएको छ ।

महाराजगञ्ज क्षेत्रको जग्गा त्यसै पनि महंगो पर्छ । त्यसमा पनि त्यतिबेला १० करोड ५५ लाख ६८ हजार ५ सयमा राजीनामा पास गरिएको धनीपुर्जामै उल्लेख गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्षसमेत रहेका पशुपति समशेर जंगबहादुर राणाले दिदीको मृत्यु भएको १ वर्षपछि वारेसनामाको आधारमा जालसाझीपूर्ण तरिकाले जग्गा श्रीमतिको नाममा पास गरेको भन्दै असार १५ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । दिब्य समशेर जवराले मुद्धा नं. ०७५/PCO ३९१ मा दायर गरेको सो मुद्दामा पशुपति समशेर जवरा र उनकी श्रीमती उषा राज्य राणालाई प्रतिवादी बनाइएको छ ।

‘दिदीको मृत्यु भएको एक वर्षपछि कित्ता नम्बर २७, २९, ४३ र ८७ को सो जग्गा पशुपति समशेर जवराले अधिकृत वारेसनामा भई आफ्नै श्रीमति उषा राज्य राणाको नाममा राख्न रा.पा जालसाझी गरेको विषयमा मुद्दा दायर भएको छ’ अदालत स्रोतले भन्यो, ‘मुलुकी ऐन भाग २ महल १ अदालती बन्दबस्तको ७१ (ग) बमोजिमको अन्याय गरेकालेल भाग ४ महल १ किर्ते कागजको १० नं. अनुसार सजायको माग गरिएको छ ।

नियममा जग्गा किनबेच गर्दा मुल्य किटान गरिएको भए त्यसको २५ प्रतिशत तिराउने व्यवस्था छ । यदी यो मुद्दामा पराजित भए राणाले अढाई करोडभन्दा बढी विगो तिर्नुपर्छ ।

जानकारहरुका अनुसार अधिकृत वारेसनामा भनेको व्यक्ति स्वयम् उपस्थिती हुन नसकेको अवस्थाका लागि हो । वारेसनामा दिने व्यक्तिको मृत्यु भएपछि सो वारेसनामा स्वतः बदर हुन्छ । तर, पशुपति समशेर राणाले भने दिदीको मृत्यु भएको एक वर्षपछि श्रीमति उषा राज्य राणाका नाममा राजीनामा पास गरिदिएका छन् ।

यसरी पर्याे मुद्दा
जानकारहरुका अनुसार अधिकृत वारेसनामा भनेको व्यक्ति स्वयम् उपस्थिती हुन नसकेको अवस्थाका लागि हो । वारेसनामा दिने व्यक्तिको मृत्यु भएपछि सो वारेसनामा स्वतः बदर हुन्छ । तर, पशुपति समशेर राणाले भने दिदीको मृत्यु भएको एक वर्षपछि ४ वटा कित्ताको जग्गा श्रीमतिको नाममा राजीनामा पास गरेका थिए ।

सो वारेसनामा दिने बेला धर्म राज्य लक्ष्मी राणालाई ६७ वर्षीय ‘सुश्री’ भनेर उल्लेख गरिएको छ । तर, जोधपुर नगर निगम, जोधपुरको मृत्यु प्रमाणपत्रमा पतिको नाम स्व. महराज देवी सिंह लेखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...