अरुको अर्बाैको सम्पत्तिमा श्री ३ मोहन समशेरका नाती पशुपति समशेर राणाको गिद्धे नजर

Pashupati samsher rana graff

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति समशेर जंगबहादुर राणा हुन् । उनी राणा प्रधानमन्त्री श्री ३ मोहन समशेरकै नाती हुन् ।

उनको सम्पत्ति अथाह छ । काठमाडौंको महाराजगञ्जस्थित अमेरिकन दुतावास बसेका जग्गा पनि उनकै हो भने शिक्षण अस्पताल अगाडीको सबै जग्गा उनको हो । शिक्षण अस्पतालको गेटै अघि उनको भव्य घर छ । आलिसान महल छ ।

लाग्छ अर्बौका सम्पत्तिका मालिक पशुपति समशेर राणालाई सम्पत्तिको कुनै लोभ छैन र नहुनुपर्ने पनि हो । तर, उनै राणाले अर्बौ पर्ने सम्पत्ति किर्ते गरेर हात पारेका छन्, जुन कुरा पत्याउन गाह्रो हुनसक्छ ।

लामो समयदेखि राजनीतिमा निक्कै लामो छाप छाड्न सफल भएका पशुपति समशेर राणा गत साउन २३ मा निर्वाचन आयोगमा दर्ता भएको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष बनेका थिए । यसअघि पनि उनी पटकपटक पार्टी अध्यक्ष बन्दै आएका छन् ।

यसरी भयो जग्गा कब्जा
अध्यक्ष राणाकी सहोदर दिदी हुन् धर्म राज्य लक्ष्मी राणा । धर्म राज्य लक्ष्मीले २०६४ असार ३ गते सोमबारका दिन काठमाडौं महानगरपालिका वडा नं. ४ बस्ने पशुपति समशेर राणालाई २०६४ असार ११ गते सोमबारका दिन अधिकृत वारेसनामा पाइन्छ ।

धर्म राज्य लक्ष्मी राणाकोसन् २०१३ जनवरी ५ अर्थात् मिति २०७० पुस २१ गते आइतबारका दिन भारतको सरदार गेष्ट हाउस, जिल्ला कलेक्टर निवास जोधपुरमा निधन भएको छ । जोधपुर नगर निगम, जोधपुरले दिएको मृत्यु प्रमाण पत्रमा पतिको नाम स्व. महराज देवी सिंह लेखिएको छ ।

जानकारहरुका अनुसार अधिकृत वारेसनामा भनेको व्यक्ति स्वयम् उपस्थिती हुन नसकेको अवस्थाका लागि हो । वारेसनामा दिने व्यक्तिको मृत्यु भएपछि सो वारेसनामा स्वतः बदर हुन्छ । तर, पशुपति समशेर राणाले भने दिदीको मृत्यु भएको एक वर्षपछि श्रीमति उषा राजे राणाका नाममा राजीनामा पास गरिदिएका छन् ।

२०७१ माघ ९ मा पास गरिएको भनिएको कित्ता नम्बर २७, २९, ४३ र ८७ को सो जग्गाको मुल्य त्यतिबेला १० करोड ५५ लाख ६८ हजार ५ सयमा राजीनामा पास गरेको उल्लेख गरिएको छ ।

वारेसनामा नै शंकास्पद
कुनै पनि व्यक्तिलाई आफ्नो जग्गा किनबेच गर्न अधिकृत वारेसनामा दिन पाइने नियममै व्यवस्था छ । तर, त्यसरी अधिकृत वारेसनामा दिँदा कुन जग्गा हो भन्ने कुरा सबै खुलाइएको हुन्छ ।

तर, २०६४ साल असार ११ गते सोमबार दिइएको वारेसनामा पत्रमा कुन जग्गा बिक्री वितरण गर्न अधिकृत वारेसनामा दिइएको हो भन्ने खुलाइएको छैन । ‘मेरो एकाघरको भाई स्वं. चन्द्र समशेरको जबराको नाती बिजय समशेर जबराको छोरा बागमति अञ्चल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३ महाराजगञ्ज बिजयावास बस्ने वर्ष ६५ को पशुपति समशेर जबरा ना. प्र. नं. २१९७, प्रजिअको कार्यालय काठमाडौं मिति ३०३०/८/४२ (१) लाई मुलुकी ऐन अ.व. ७१(ख) तथा रजिष्ट्रेसनको (११(क) नं. बमोजिम अधिकृत वारेस मुकरर गरी पठाएको छु’ मात्रै भनिएको छ ।

‘मालपोत कार्यालय डिल्लीबजारमा दर्ता भएको’ उल्लेख छ । सो अधिकृत वारेसनामा पत्रमा ‘तपसिलमा लेखिए बमोजिमको जग्गा विक्री वितरण गरी हक हस्तान्त्रण गर्नुपर्ने भएकाले’ भनी उल्लेख गरिएको छ । तर, सो वारेसनामामा कतै पनि कित्ता नम्बर उल्लेख गरिएको छैन ।
‘२०६४ साल असार ११ गते सोमबार दिइएको वारेसनामा पत्रमा कुनकुन जग्गा बिक्री वितरण गर्न दिएको हो, त्यो खुल्ने कुनै आधार देखिएन’ अधिवक्ता जयराम श्रेष्ठ भन्छन्, ‘सो अधिकृत वारेसनामाको प्रकृति हेर्दा जालसाझीपूर्ण तरिकाले पास गरेको देखिन्छ ।’

सुरेशप्रसाद चौधरी र दीपक भण्डारी साक्षी रहेको सो वारेसनामा पत्र ७४११ प्रपसका अधिवक्ता यादवप्रसाद ढुंगानाले लेखेका छन् । सो वारेसनामा पत्रमा धर्मराज्य लक्ष्मी राणा देखिएको छ भने जोधपुर नगर निगम, जोधपुरको मृत्यु प्रमाणपत्रमा रानी धर्म राज्ये लक्ष्मी नाम उल्लेख गरिएको छ ।

अर्काे कुरा सो वारेसनामा दिने बेला धर्म राज्य लक्ष्मी राणालाई ६७ वर्षीय ‘सुश्री’ भनेर उल्लेख गरिएको छ । तर, जोधपुर नगर निगम, जोधपुरको मृत्यु प्रमाणपत्रमा पतिको नाम स्व. महराज देवी सिंह लेखिएको छ ।

यसलाई हेर्दा महाराजगञ्जको महंगो जग्गामा राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति समशेर राणाले दिदीको अकुत सम्पत्ति कुम्ल्याएको देखिन्छ ।

दिदीको मुत्युपछि कसरी जग्गा आफ्नो श्रीमतिको नाममा ल्याउनु भयो भनेर निशान न्युजले प्रश्न गर्दा अध्यक्ष राणाले खासै केही बोल्न चाहेनन् । 

प्रतिकृया दिनुहोस