बलात्कारपछि मायाको हत्या गर्ने हत्यारालाई उन्मुक्ति दिन नेताहरुकै चलखेल !

Reaping body

धनगढी । माया विकको बलात्कार गरी हत्या गर्ने हत्यारालाई कडा कारवाही गर्नुको सट्टा राजनीतिक पार्टीका नेताहरुकै संलग्नतामा उन्मुक्ति दिने चलखेल सुरु भएको छ ।

गौरीगंगा नगरपालिका–११ स्थित जहारी कटानकी २१ वर्षीय माया बिकलाई बलात्कार गरी हत्या गर्नेहरुलाई राजनीतिक दलबाटै उन्मुक्ति दिलाउने चलखेल भइरहेको हो ।

असार १२ गते बेपत्ता भएकी मायाको १५ गते अर्धनग्ना अवस्थामा लास फेला परेको थियो । प्रहरीले उनलाई बलात्कार गरि हत्या गरेको आरोपमा ५ जनालाई असार २२ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो ।

प्रहरीको अनुसन्धान अनुसार बलात्कार गर्नेमध्ये चौथो व्यक्तिले बलात्कार गर्ने बेला मायाको मृत्यु भएको खुलासा गरेको थियो ।

पीडित परिवार बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरेरै मुख्य योजनाकारलाई नै उन्मुक्ति दिन चलखेल सुरु भएको बताएका छन् । ‘पक्राउ परेका पाँचमध्ये मुख्य योजनाकार गणेश बडुवाल सहयोगी तपेन्द्र बोगटी र मनोज बोगटीलाई निर्दोष रहेको भन्दै उन्मुक्ति दिन राजनीतिक चलखेल भइरहेको छ’ पत्रकार सम्मेलनमा मायाका बुबाले भने ।

‘जो मुख्य योजनाकार हो, उसैको समर्थनमा राजनीतिक दल लागेका छन् । राज्य सत्ताको पहुँचमा रहेका अपराधीहरुलाई राज्यले कानुनी कारवाही गर्न सक्दैन भने उनीहरुलाई हामी आफ्नो तरिकाले कारवाही गर्न र कानून हातमा लिन्छौं’ पत्रकार सम्मेलनमा मायाका आमाले भनिन् । अपराधीलाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दै पीडित परिवारले कारवाही नगरे आफूहरु कारवाही गर्न बाध्य हुने चेतावनी दिएका थिए ।

पत्रकार सम्मेलनमा सांसद पूर्णा जोशीले राज्यको माथिल्लो तहसम्म पहुँच भएकाहरुबाटै श्रंखलावद्ध तरिकाले अपराधिक घटना भइरहेकोमा दुःख व्यक्त गर्दै भनिन् ‘कानून सबैको लागि बराबर हुनुपर्छ । मायाका बलात्कारी र हत्यारालाई उन्मुक्ति दिनु हुँदैन । यसले अपराधीको मनोवल उचो हुन्छ, जसका कारण समाजयमा अपराधिक घटना बढ्छन् ।’

उनले सरकारले तोकिएको कानून पीडितका लागि निकै कम भइरहेको महशुस गर्दै प्रदेश सरकारले पीडितलाई न्यायोचित हुने थप कानून बनाउने प्रतिबद्धता व्याक्त गरिन् । जतिसुकै पहुँचवाला भए पनि दोषि उन्मुक्ति हुनु हुँदैन र निर्दोष पर्नु हुँदैन भन्दै सांसद जोशीले यसो हुन आएमा सिंगो प्रदेश सरकारनै जवाफदेही हुने बताइन् ।

सांसद दुर्गा बिकले नेपालको कानून समय सापेक्ष परिमार्जन हुनुपर्ने बताउँदै प्रदेश सरकारले थप बलियो कानुन बनाउन पहल भइरहेको बताइन् । उनले पीडित परिवारलाई क्षतिपूर्तिको लागि सरकार गम्भिर हुनुपर्ने बताइन् ।

घटना हालसम्म अनुसन्धानकै क्रममा रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...