मालपोत कार्यालय भ्रष्टाचारको अखडा बन्यो : मन्त्री खनाल

Malpota

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल मालपोत कार्यालय भ्रष्टाचारको अखडा बन्ने गरेको बताएका छन् ।

बुधबार कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गरेपछि मन्त्री खनालले मालपोत कार्यालय भ्रष्टाचारको अखडा बन्ने गरेको ब्यापक जनगुनासो आएको भन्दै अब त्यास्तो हुन नदिने बताए ।

उनले सेवाग्राहीलाई सास्ती नहुने गरी कायालयको सेवालाई सहज बनाउन मातपोत कार्यालयका प्रमुख मालपोत अधिकृत नविन किशोर अधिकारीलाई निर्देशन दिए । उनले मालपोत कार्यालय भ्रष्टाचारको अखडा रहेको सेवाग्राहीले गुनासो गरेपछि आफूले अनुगमन सुरु गर्नुपरेको पनि स्पष्ट पारे ।

मन्त्री खनालले सेवाग्राहीले बिचौलियाका कारण दुःख पाईरहेको उल्लेख गर्दै त्यसको सहज व्यवस्थापन गर्न पनि पोलपोतका कर्मचारीहरुलाई सचेत गराएका थिए । अनुगमनका क्रममा उनले सेवाग्राहीहरुसँग मालपोतको सुधारका लागि सुझाव पनि लिएका थिए ।

त्यस अवसरमा प्रमुख मालपोत अधिकृत अधिकारीले सेवा ग्राहीको सेवा सहज बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गरिदिन मन्त्री खनालसँग आग्रह गरेका थिए । अनलाईन सेवा संचालन भएपनि इन्टरनेटका कारण त्यसमा समस्या आउने गरेको पनि कर्मचारीले मन्त्री खनालसँग गुनासो गरेका थिए ।

यस अघि मन्त्री खनालले कालिमाटी फलफुल तथा तरकारी बजार र बालाजु औद्योगिक क्षेत्रमा रहेको तीन वटा दुध उत्पादन कम्पनीहरुको पनि अनुगमन गरेका थिए ।

प्रतिकृया दिनुहोस