एफएम रेडियोहरुले गीत बजाएवापत अब रोयल्टी अनिवार्य

Fm radio

काठमाडौं । एफएम रेडियोहरुले विभिन्न गीत संगीत बजाए बापतश्रष्टाहरुलाई अनिवार्य रुपमा रोयल्टी बुझाउनुपर्ने भएको छ ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) ले आफ्ना सदस्य रेडियोहरुले बजाउने गीत-संगीत बापत रोयल्टी तिर्न सहमत भएका हुन् ।

रेडियोसँग सम्बद्ध यि दुई संस्था तथा संगीत रोयल्टी समाज नेपाल, प्रस्तोता समाज नेपाल र संगीत उत्पादक समाज नेपाल (संयुक्त रुपमा सिएमओएस) बीच रोयल्टी बुझाउने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार सिएमओएसले सामुदायिक रेडियो प्रशारक संघ(अकोराव) र ब्रोडकास्ट्रि एसोशिएसन अफ नेपाल(बान) सँग आवद्ध रेडियोहरुलाई गीत संगीत प्रशारण गर्ने अनुमति दिनेछ भने त्यसवापत अकोराव र बानले अनिवार्य रुपमा रोयल्टी बुझाउनुपर्नेछ ।

रोयल्टी रेडियोको क्षमता अनुसार वार्षिक दुई हजार पाँच सयदेखि १२ हजारसम्म तोकिएको छ । १ देखि १०० वाटसम्म दुई हजार पाँच सय, १०१ देखि ५०० वाटसम्म चार हजार पाँच सय, ५०१ देखि १००० वाटसम्म वार्षिक रु आठ हजार र १००१ वाट भन्दा माथि वार्षिक १२ हजार रुपैयाँ रोयल्टी तिर्ने समझदारी गरिएको छ ।

 

प्रतिकृया दिनुहोस