दिनभर टिपर चलाउन प्रतिबन्ध

Tiper

काठमाडौं । टिपरको ठक्करबाट मृत्युका घटना बढेपछि गृह मन्त्रालयले दिउँसोको समयमा उपत्यकाका तीनवटै जिल्लामा टिपर चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

राति ८ बजेदेखि बिहान ७ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था गर्न काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई गृहमन्त्रालयले निर्देशन दिएको छ ।

गृहले सो व्यवस्था कडा रुपमा कार्यान्वयन गर्न र अनुगमन गर्न समेत निर्देशन दिएको छ । निर्देशन कार्यान्वयसँगै टिपरबाट हुने दुर्घटनामा कमी आउने दावी गृहको छ ।

महानगरीय प्रहरी ट्राफिक महाशाखाका अनुसार चालु आर्थीक वर्षको जेठ महिनामा मात्रै टिपरले १९ जनाको ज्यान लिइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...