सीमा सुरक्षा बैठकको तयारी

Sima

काठमाडौं । बाँके, बर्दिया र दाङ तथा भारतको बहराइच, श्रावस्ती र बलरामपुरका सीमावर्ती क्षेत्रका अधिकारीहरुको संयुक्त सीमा सुरक्षा बैठकको तयारी अघि बढेको छ ।

दुबै मुलुकका सीमा क्षेत्रका अधिकारीको बैठक असारको अन्त्यसम्ममा बस्ने गरी तयारी अघि बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।

जिल्ला प्रशासन कार्यालयले बैठकका लागि भारतको बहराइच जिल्ला अधिकारीको कार्यालयमा पत्राचार गरिसकेको छ । भारतीय पक्षबाट बैठक बस्ने मितिसहितको पत्र प्राप्त भएपछि बैठक बस्ने प्रजिअ केसीले बताए ।

बैठकमा मुख्यतया लागुऔषध, मानव बेचबिखन, अवैध हातहतियारको ओसारपसार, सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण, बाढी तथा डुबान हुन नदिन भारतीय पक्षले वर्षातमा बाँधको ढोका खोल्नुपर्ने, सीमा स्तम्भ लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निलम्बित सिआइबीका डिएसपी अंगुर जिसी भन्छन्, म एसपी साबसँगै सति जान सक्दिनँ

Angur gc

म सबै प्रकारका घटनाको अनुसन्धान गर्न जान्नँ । विषेश प्रकारका घटनामा म आफैँ जान्छु । किनकी मप्रति ...