तेह्रथुम ट्र्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

Tractor acc

आठराई, तेह्रथुम । लालीगुराँस नगरपालिकामा को२ त४०५३ नंको ट्र्याक्टर दुर्घटनामा परी बुधबार १ जनाको मृत्यु भएको छ ।

वन्तपुरस्थित प्रगति टोलमा दुर्घटना हुँदा ट्र्याक्टर चालक सूर्य लिम्बू गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

घाइते लिम्बूको प्राथमिक स्वास्थ्य केन्द्र वसन्तपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्लाबाहिर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस