४० वर्षपछि के आयो ‘काजीको घोडा’ मा ? हेर्नुस् भिडियो

Kaji ko ghoda

काठमाडौं । अहिले फेसबुक, ट्वीटर वा इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जालको जमाना छ । त्यही भएर आजकलका युवा युवतीदेखि पाका उमेरका व्यक्तिले पनि नयाँ युगको सदुपयोग गरिरहेका छन् ।

तर, डा. रामकृष्ण निरौलाले ४० वर्षअघिको कथालाई गीतमा उन्ने प्रयास गरेका छन् ‘काजीको घोडा’ मार्फत । जुन गीत ४० वर्षअघिको कथामा केन्द्रित छ ।

झापाको दमकमा जन्मिएका डा. निरौला लामो समयदेखि अस्ट्रेलियालाई कर्मभूमि बनाउदै आएका छन् । उनै निरौलाले पुरानो कथालाई नयाँ शैलीमा ढाल्दै नयाँ गीतको रुपमा रुपान्तरण गरेका छन् ‘काजीको घोडा’मार्फत ।

भुवन शिवाकोटीको शब्द र आरसी थापाको संगीतमा तयार गरिएको गीतलाई डा. निरौलाले निक्कै मिठो लयमा स्वर दिएका छन् । फरक शैली, उत्कृष्ठ शब्द चयन अनि नौलो आवाज र निक्कै मेहनतमा पुरानै शैलीमा तयार भएको डा. निरौला बताउँछन् ।

भिडियो मै नौलोपन
काजीको घोडा सुन्दै अनौठो शब्द छ । यो गीतको म्युजिक भिडियो मंगलबार सार्वजनिक भएको छ ।  सो म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, जुना सुन्दास, सञ्जु शाह लगायतले अभिनय गरेका छन् ।

अहिलेको जमाना भनेको रंगीन जमाना छ । तर, यो गीतको म्युजिक भिडियो ४० वर्षअघिकै झल्को दिनेगरी स्यामस्वेतमै बनाएको छ । गाउँले परिवेशलाई दृश्यमा कैद गरिएको छ गीतको म्युजिक भिडियोमा । जसलाई विकास सुवेदीले निर्देशन गरेका छन् ।

Video

प्रतिकृया दिनुहोस