सिभिल होम्सको दादागिरी : बोरिङको पानीमै बदमासी

Sivil homes

काठमाडौं । काठमाडौंमा सुविधासम्पन्न आवास उपलब्ध गराउन खुलेको एउटा ठूलो र घरानीय कम्पनीको नाम हो सिभिल होम्स् । तर, यो होम्सले हाउजिङ निर्माण गर्दाको सम्झौताको उल्लंघन गरेको छ ।

सिभिल होम्सले प्लानिङ पर्मिट लिँदा भवन निर्माण सम्पन्न भइसकेपछि मात्र बिक्री वितरण गर्ने उल्लेख गरेको थियो । तर, निर्माण नहुँदै बिक्री गरी रजिस्ट्रेसन पारित गरेको रहस्य खुलेको छ ।

सिभिलले उपत्यकाका विभिन्न स्थानमा आवासीय भवन निर्माण गर्दा सरकारी निकायबाट लिएका प्लानिङ पर्मिट अनुसारको कामसमेत गरेको छैन । उपत्यकाका विभिन्न ठाउँमा फरक–फरक चरणमा गरेर फेज १ देखि फेज ९ सम्म निर्माण गरिएका र निर्माणको क्रममा रहेका हाउजिङहरु निर्माण गर्दा काठमाडौं उपत्यका नगर विकास कार्यान्वयन समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण लगायतका सरकारी निकायसँग गरेको प्रतिवद्धता विपरित काम गरेको देखिएको छ ।

यो उसको एउटा मात्रै बदमासी होइन । सिभिल होम्स्ले ९० प्रतिशत घरधनीलाई हालसम्म पनि निर्माण सम्पन्न प्रतिवेदन उपलब्ध गराएको छैन । त्यतिमात्र होइन, सिभिलले आवासीय भवन बनाउँदा स्वच्छ खानेपानी दिने शर्त राखेको थियो तर, त्यसलाई अहिलेसम्म पालना गरेको छैन । सिभिल होम आवासीय समाज फेज ५ की उपाध्यक्ष रोहणी जोशी सिभिल होम्सले आफूहरुलाई निर्माण सम्पन्नको कागज नदिएको बताइन् ।

उल्टै बोरिङ गरेको धमिलो पानी दिइरहेको छ । सिभलले निर्माण गरेको हाउजिङका बासिन्दाले बोरिङबाट आउने धमिलो पानी खान अयोग्य रहेको गुनासो गर्दै आएका छन् । सिभिल होम्सले निर्माण गरेका हाउजिङभित्र रहेको सडक सरकारी नक्सांकनमा समेत कहीँकतै पनि देखिँदैन ।

सिभिल होम्सले संयुक्त आवास (हाउजिङ) निर्माण गर्दा एउटा हरित क्षेत्र निर्माण गर्ने र हरेक घरमा २ वटा रुख रोप्ने प्रतिवद्धता पत्र उपत्यका विकास प्राधिकरणलाई बुझाएको छ । तर, सो प्रतिवद्धताअनुरुप कुनै पनि हाउजिङमा हरित क्षेत्र निर्माण, वृक्षारोपण र मठ मन्दिर निर्माण गर्ने ठाउँ छाडेको छैन ।

सिभिल होम्सले स्वीकृतभन्दा बढी भवन निर्माण गरी सडक र खुला मैदानको क्षेत्रसमेत घटाउँदै लगेको छ । भवन किन्दा आफुहरुलाई कम्पनीले जनाएका प्रतिवद्धता पूरा नगरेपछि पीडितहरुले सिभिल होम्सविरुद्ध संघर्ष समिति नै गठन गरेका छन् ।

तामाङकै हालीमुहाली
यो कम्पनी इच्छाराज तामाङले स्थापना गरेका हुन् । पछिल्लो समयमा उनी यो कम्पनीबाट टाढा रहेझैं गर्छन् । तर, उनकै निर्देशन बमोजिम मात्रै काम हुने गरेको छ ।

सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले उपत्यकामा सुलभ मुल्यमा सुविधासम्पन्न आवास उपलब्ध गराउने भन्दै खुलेको सिभिल होम्समा करोडौं लगानी गरेको छ । यो तामाङकै निर्देशनमा भउको छ ।

सहकारी ऐनको परिच्छेद ६ को दफा २३ मा कुनै कम्पनी वा संस्था सहकारीको सदस्य हुन पाउँदैन । तर, सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले सिभिल इन्टरनेशनल कन्सलटेन्सी, सिभिल ग्रुप, सिभिल इन्फ्रास्ट्रक्चर जस्ता कम्पनीलाई अर्बाै लगानी गर्ने गरेको छ ।

त्यति मात्रै होइन, सहकारी मापदण्ड २०६८ को बुँदा नं. २८(७) अनुसार संस्थाले कुल ऋणको २५ प्रतिशत नबढ्ने गरी आवास ऋण प्रवाह गर्न सक्छ । तर, सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले सिभिल होम्स्, सिभिल अपार्टमेन्ट, सिटी बस्ती विकास प्रालि र सिभिल इन्टेष्ट प्रालिका नाममा ६ अर्ब १६ करोड भन्दा बढी लगानी गरेको छ । यो झण्डै ९२ दशमलव ६ हो ।

यसले के देखाउँछ भने सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभको लगानी बालुवामा पानीझै भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...