ब्राजिल लग्छु भन्दै भारत लगेर अलपत्र पार्ने पक्राउ

Arest11

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत डांडाखालीका सागर मल्ल भन्ने ४४ वर्षिय लिलबहादुर मल्ल छन्।

मल्लले ६ जना युवाहरुलाई ब्राजिलमा मासिक ७० देखि ९० हजार रुपैयासम्म तलब पाइन्छ, पछि गएर ग्रिन कार्ड समेत पाईन्छ, ग्रिन कार्ड पाईसकेपछी आफ्नो परिवारहरुलाई समेत लैजान पाईन्छ भन्ने जस्ता किसिमको प्रलोभन देखाएर ब्राजिलको भिषा लगाईदिने भन्दै कोलम्बियाको जाली भिषा समेत बनाई भारतमा पुर्याई ४ दिन सम्म राखेर अलपत्र पारेको प्रहरीले जनाएको छ।

सागर मल्लको नामबाट फेसबुक चलाउने लिल बहादुर मल्ललाई प्रहरीले काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरी आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...